विद्यालय शिक्षामा सूचना प्रविधि – २

जेठ २, २०७७

नवल जिएम

विद्यालय शिक्षा सबै बालबालिकाको लागि अनिवार्य सिकाइ प्रक्रिया हो । विश्वभरि नै कोभिड–१९ को प्रकोप पछि बालवालिकाहरुको विद्यालयमा आएर सिक्ने प्रक्रिया अवरुद्ध भएको छ । यसखाले विश्व परिस्थितिमा पनि जति सकिन्छ त्यति मात्र भएपनि कुनै न रुपमा सिकाई प्रक्रिया अगाडी बढाउन नेपाल सरकारले निर्देशन जारी गरिसकेको छ ।

विभिन्न उपायमध्ये विद्यालयमा शिक्षण सिकाई गर्न सूचना प्रविधिकाे प्रयोग पनि एउटा उपयोगी विधी हो । अनलाईन कक्षामा धेरै   विद्यार्थीहरुको पहुँच छैन तर पनि सरकारले प्रस्तुत गरेको विकल्प मध्ये यो पनि एउटा विकल्प हो र यसलाई प्रभावकारी बनाउन शिक्षण सिकाइका महत्वपूर्ण संघटक (Stakeholder) ले निभाउनु पर्ने भूमिकाहरुको चर्चा गर्न उचित होला ।

१.० शिक्षकः–
शिक्षण–सिकाइमा शिक्षक एक महत्वपूर्ण संघटक हो उसले निर्वाह गर्र्नु पर्ने भूमिकाहरु निम्न छन्

१.१ हाम्रो देशको शिक्षक–शिक्षिकाहरु प्रविधिमा कमजोर छन् अतः आफुलाई प्रविधिमा दक्ष बनाउन जरुरी छ । उमेर वा पुस्ताकोकारणले होला यसमा अलि लामो समयदेखि शिक्षण सिकाई प्रक्रियामा लागेका शिक्षक शिक्षिकाहरु अनच्छिुक देखिन्छन् ।


१.२ शिक्षकशिक्षिकाहरु कम्तीमा पनि Zoom, Google Meet, Jitsi Meet, Google Class Room/ Microsoft Team जस्ता Software हरु दक्षतापुर्वक चलाउन सक्ने हुनुपर्दछ ।

१.३ अनलाई कक्षालाई विस्तारै रमाइलो र उपयोगीका साथै स्रोतयुक्त कसरी बनाउने भन्ने बारे अध्ययन हुनु पर्दछ अन्यथा कक्षा सञ्चालन त हुन्छ तर त्यसले निर्दिष्ट उद्देश्य पुरा गर्न सक्दैन । विद्यार्थीले कक्षा पनि छोडिदिन्छ ।


१.४ अनलाइन चलाउनु भनेको साइकल चलाउनु जस्तै हो । हेर्दा साधारण जस्तो देखिएता पनि साइकल चलाउँदा आँखा,हात,खुट्टा र शरीरको सन्तुलन मिल्नु पर्दछ त्यस्तै अनलाइन कक्षामा पढ्दा र पढाउँदा पनि कान,आँखा, हात र स्क्रिनका विविध क्रियाकलापहरुमा अभ्यस्त हुन जरुरी छ । यो अभ्यास गराउन शिक्षकले विद्यार्थीहरुलाई प्रोत्साहन दिनुपर्छ ।


१.५ हाम्रा प्रायःशिक्षकहरुले शिक्षण–सिकाई गर्दा व्याख्यात्मक विधि अपनाउने गरेको पाइन्छ । अधिकांश शिक्षकहरुले विद्यार्थीहरुलाई घोक्ने र घोकाउने काम गरिरहेका हुन्छन् र तर आधुनिक शिक्षण–सिकाइमा सिकाउने भन्दा पनि सिक्ने व्यक्तिलाई बढि प्राथमिकता दिने गरिन्छ । अर्थात सिक्ने मान्छे सक्रिय हुनुपर्दछ । यदि शिक्षकले सहजकर्ताकोे भूमिका खेलेर विद्यार्थीहरुलाई सक्रिय बनाउने र अनलाइनबाट शिक्षण–सिकाईका साधन स्रोतहरु जम्मा गरिदिएको खण्डमा अनलाइन कक्षा बढी प्रभावकारी हुन्छ ।

२.० अभिभावकः
शिक्षण–सिकाई प्रक्रियामा अभिभावक अर्को महत्वपूर्ण संघटक हो । भनिन्छ विद्यार्थीको पहिलो पाठशाला घर हो । विद्यार्थी राम्रो बन्ने कि नबन्ने भन्ने कुरा ९० प्रतिशत बुवा,आमा, इष्टमित्र र छिमेकीमा भर पर्दछ । यसले पनि के भन्छ भने विद्यार्थीको सिकाई राम्रो हुनु नहुनुमा अभिभावकको महत्वपूर्ण भूमिका रहन्छ ।

२.१ आफ्ना छोराछोरीलाई घर कम्पाउण्ड भित्र आफूले गरेका कार्यहरु ः लुगाधुने, खाना पकाउने, बगैचामा गोडमेल गर्ने , व्यायम गर्ने, योगा जस्ता कार्यहरुमा सरिक गराउनु पर्दछ । यसले शारिरीक विकासमा फाईदा पुग्नुका साथै मानसिक तथा सामाजिक विकासमा पनि सघाउँ पुर्याउदछ ।


२.२ तल्लो कक्षाहरुमा शुरु शुरुमा प्रविधि प्रयोग गर्न सहयोग गर्ने गृहकार्य गर्यो गरेन भन्ने कुराको अनुगमन गर्ने विषयगत शिक्षकसंग आफ्ना समस्याहरु राख्ने, अनलाइनका विभिन्न बैठकमा सहभागी हुने ।

२.३ इन्टरनेटको पहुँच बढाउने बारे उपायहरु खोज्नुपर्दछ ,छिमेकीको वाइफाइ छ भने त्यसलाई शेयर गर्ने ( केही पैसा तिरेर चलाउने ) नेपाल सरकारले दिइएको छुट रु ५०० को १५ जिवी शैक्षिक डाटा प्रयोग गर्ने , कुनै महत्वपूर्ण भिडियोहरु वाईफाईबाट डाउनलोड गर्नुका साथै सम्बन्धित स्थानीय सरकारलाई विभिन्न ठाउँठाउँमा फ्री वाईफाई राख्न आग्रह गर्ने । ।

२.४ अनलाईन कक्षाहरुमा विद्यार्थीहरुलाई डर धम्कीले काम नगर्ने हुनाले किन पढ्नुपर्दछ भन्ने वारेमा थप मोटिभेसन समेत गर्ने । लकडाउनको बेला आमुनेसामुने सञ्चारमा समस्या हुने भएकालो बालबालिकालाई परिवारले समय दिएर धेरै भन्दा धेरै सञ्चारको काम गर्ने ।


२.५खास गरेर माथिल्लो कक्षामा इन्टरनेटको जथाभावी दुरुपयोग गर्ने सम्भावना बढी हुन्छ अतः यस बारेमा अभिभावकले सचेत गराउनुपर्दछ ।

३.० विद्यार्थीः


शिक्षण–सिकाईमा विद्यार्थी मुख्य केन्द्रविन्दु हो किनभने सिक्नु पर्ने मुख्य व्यक्ति नै विद्यार्थी हो ।
३.१ कक्षाकोठाको शिक्षण–सिकाई भन्दा फरक अनुभूति हुने हुँदा प्रयास निरन्तर जारी राख्ने, प्रविधिमा आफ्नाे पहुँच विस्तारै बढाउदै लानुपर्दछ ।


३.२ हाम्रा परम्परागत शिक्षण–सिकाईमा शिक्षक एक मात्र श्रोत थियो तर अव विद्यार्थी यसबाट बाहिर निस्कनु पर्दछ । विद्यार्थीले शिक्षकको अलावा ज्ञानको श्रोतको रुपमा सुन्ने पुस्तक, भिडियो क्लिप्स, अनलाईन पुस्तकका साथै अनलाईन लाइब्रेरीलाई प्रयोग गर्नुपर्दछ । असिमित ज्ञानका श्रोतहरु निःशुल्क रुपमा विद्यार्थी माझमा हुने हुँदा धेरै राम्रो गर्न सक्ने सम्भावना पनि रहन्छ ।


३.३ विद्यार्थीले शिक्षकबाट सुझाइएका अन्य श्रोतबाट ज्ञानको खोजी गर्नुपर्दछ र बहस, छलफलमा भाग लिनु पर्दछ ।


३.४ शिक्षकबाट दिईएका विभिन्न परियोजनात्मक कार्यको प्रदर्शन वा अन्य विभिन्न किसिमका कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउनु पर्दछ ।


३.५ प्रविधि एउटा साधन हो । यो साध्य होईन । यसलाइ सदुपयोग गर्ने नगर्ने विद्यार्थीको आप्mनो रुचि र आवश्यकताको कुरा हो । खुकुरीले राम्रो गर्ने वा नगर्ने प्रयोगकर्ताको हातमा हुन्छ । यो सोचेर अहिलेको जटिल परिस्थितिमा पनि सूचना प्रविधिको सदुपयोग गरेर हामीले नयाँ नयाँ कुराहरु सिक्न पछि पर्नु हुँदैन ।


यसरी इन्टरनेटको पहुँच भएका शिक्षक,अभिभावक,विद्यार्थीहरुको जिम्मेवारीबारे २÷४ वटा कुरा गर्दा पहुँच नभएका विद्यार्थीलाई समेट्न नसक्नु यो लेखकको कमजोरी हो । त्यो अर्को लेखमा अवश्य सुधारिनेछ ।


प्रतिक्रिया दिनुहोस