दाङ्गमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८६ पुग्यो

जेठ २७, २०७७


तुलसीपुर । दाङ्गमा मंगलबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको स्वाब परिक्षणका क्रममा घोराही उपमहानगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


संक्रमित व्यक्ति घोराही उपमहानगरपालिका वडा नम्वर ४ का क्रमशः २१,२३, २६,३२,३६ र ३७ वर्षका पुरुषहरु रहेका छन् । यो संगै दाङ्गमा कोरोना संक्रमितको संख्या ८६ पुगेको छ ।

संक्रमितहरु भारतका विभिन्न ठाउँबाट आएर क्वारेन्टाइन वस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस