लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएका पुरुषको स्वाब संकलन

जेठ २६, २०७७

गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ४ का ६७ वर्षीय पुरुषको पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएपछि स्वाव परीक्षणको लागि नमूना संकलन गरिएको छ।

शनिवार साँझ गाउँमै काम गरिरहँदा अचानक बेहोस भएपछि उनलाई उपचारको लागि मेडिकल कलेज ल्याइएको थियो। मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापाले मृतक व्यक्ति दमको पुरानो बिरामी रहेको र गाउँमा घर बनाउने काममा खटिरहेका बेला शनिबार अचानक बेहोस भएको जानकारी दिए।

थापाले पछिल्लो समय उनी घरदेखि कतै बाहिर नगएको र घरमा समेत बाहिरबाट कोहि नआएको जानकारी दिए।

‘गाउँपालिकाको वडा नम्बर ४ मा आलुचिप्सको उद्योग संचालनको लागि घर बनाउँदै हुनुहुन्थ्यो, त्यहीबेला बेहोस हुनुभएछ’ अध्यक्ष थापाले भने।

अस्पतालले उनको स्वाब परीक्षणको लागि सोमबार बिहान प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा पठाए पनि रिपोर्ट भने आइनसकेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस