चौरजहारी घटना छानविनका लागि संसदीय विशेष समिति गठन

जेठ २६, २०७७

रुकुमको चौरजहारीमा सामूहिक आक्रमणपश्चात भएको हत्याको विषयमा छानविन गर्न संसदीय विशेष समिति गठन भएको छ । ‘चौरजहारी नगरपालिका, सोती घटना छानविन संसदीय विशेष समिति’मा ९ जना सदस्य रहेका छन् ।

सभामुखको निर्देशनमा रही समितिले कार्यविधि तय गर्ने र आवश्यक परे सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन सक्ने छ ।

समितिले कार्य प्रारम्भ भएको तीस दिनभित्र रिपोर्ट बुझाउनुपर्ने छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा सांसद देवेन्द्र पौडेल संयोजक रहेको उक्त समितिमा सदस्यहरू एकवाल मियाँ, दुर्गा पौडेल,  पार्वती कुमारी विशुन्के,  प्रकाश रसाईली(स्नेही), बिमला बि.क., महेश्वरजंग गहतराज(अथक) , मिनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव रहेका छन् ।  

प्रतिक्रिया दिनुहोस