बढ्दो संक्रमण, बढ्दो लापरबाही

जेठ २६, २०७७



कोरोना संक्रमण नियन्त्रणका लागि वितेको अढाई महिनामा पछिल्लो एक महिना निकै डरलाग्दो देखियो । एकजना मात्रै संक्रमित वढ्दा पुरै जिल्ला सिल गर्ने अवस्थाबाट अहिले देशका कुनाकुनामा संक्रमितहरु पुग्ने अवस्थासम्म आइपुगेको छ । सानातिना गल्ती र कमजोरीका कारण कोरोना संक्रमण नियन्त्रणका लागि लामो समयदेखि सरकारले गरेको लकडाउन अर्थहिन हुने त होइन ? जनतामा त्रास व्याप्त छ ।


अहिले संक्रमित हुनेहरु अधिकांश भारतबाट आएका नागरिकहरु नै रहेका छन् । नेपालमा आन्तरिक संक्रमणको अवस्था खासै खासै देखिदैन । भारतसँग सिमाना जोडिएका प्रदेश नम्वर १ र ५ मा यस्तो संक्रमण धेरै देखिनुले पनि यो कुराको पुष्टि गर्दछ । कहिलेकाही धेरै तयारी र श्रम लगाएर गरेको काममा सामान्य कुरामा पनि ध्यान दिन सकिएन भने त्यसले सबै कुरालाई विफल वनाउँदछ । यो संवेदनशिल घडीमा सरकारले विशेष तवरले ध्यान केन्द्रीत गर्नुपर्ने देखिन्छ ।

अहिले कोरोना नियन्त्रणका सन्दर्भमा यस्तै भएको छ । संक्रमितको संख्या वढ्दै जाँदा पनि जनता हिजो जस्तै घरमा वस्ने अवस्थामा छैनन् । सरकारले गरेको आव्ह्वानलाई अटेर गरेर जनताहरु सडकमा आउन थालिसके । लकडाउन बाहेक सरकारले खासै गतिलो नीति अख्तियार गर्न नसकेको देखिन्छ ।


लामो समयदेख लकडाउन हुँदा एकातिर जनताको जीवनयापनमा जटिलता थपिदै गएको छ भने अर्कातिर सरकार पनि आर्थिक संकटबाट उन्मुक्तिका लागि लकडाउन लचिलो वनाउने प्रयासमा अगाडि वढिरहेको छ । पछिल्लो समय सबै कार्यालयहरु खोल्ने प्रक्रियामा सरकार अगाडि वढ्नुले यो कुराको पुष्टि गरेको छ ।


यसरी हेर्दा एकातिर लकडाउन खुकुलो हँुदै जानु अनि अर्कोतिर संक्रमणको दर निरन्तर उकालो लाग्नुले गतिलो संकेत गर्दैन । अहिलेसम्म कोरोना पुष्टि भएका १४ जना मानिसहरु कोरोनाकै कारण मरे भन्ने पनि छैन । यस हिसाबले कोरोना भनेको सामान्य खाले मात्रै रोग रहेछ भन्ने मनोविज्ञान जनतामा रहेको छ । अहिले कोरोनाको हाउँगुजी केही मात्रामा भएपनि कम भएको छ । लामो समय घरमा वस्दा जीवनयापनमा भएको समस्या पनि यसको कारण हो ।

सरकारले लकडाउन खुकुलो पार्ने नीति अख्तियार गरेको भएपनि पूर्ण रुपमा खुला गर्नका लागि अझै केही समय लाग्ने देखिन्छ । एकातिर लकडाउनको पालनाका लागि नागरिकहरुमा सरकारले निरन्तर आव्ह्वान गरिरहेको छ भने अर्कातिर क्वारेन्टाइन व्यवस्थापनमा उत्तिकै मात्रामा लापरबाही गरिरहेको छ ।


भारतबाट आएका नागरिकहरुलाई अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइनमा राखेर स्वाब संकलन गर्नुपर्ने प्रावधान राखेको भएपनि समयमै स्वाब संकलन हुन नसक्दा थप कठिनाइ भएको छ । लामो समय क्वारेन्टाइनमा वस्दा पनि स्वाब संकलन हुन नसक्दा त्यहाँ वस्नेहरु भागेर घरजानुपर्ने अवस्था सृजना भएको छ ।


क्वारेन्टाइनमा वस्नेहरु चेकजाँच विना नै घरमा जाने हो भने त्यसले संक्रमणलाई कसरी फैलाउँला हामी सहज अनुमान लगाउन सक्छौ ।

सामान्य कुरामा सरकारले ध्यान दिन नसक्दा यति लामो समय हामीले लकडाउने गरेको अर्थहिन सावित भएको छ ।


हिजोका दिनमा राज्यले भारतबाट आउने नागरिकहरुलाई नाका मै क्वारेन्टाइनको व्यवस्था गरेर घरमा पठाएको भए अहिलेजस्तो संक्रमण गाउँतहसम्म जाने थिएन । सरकारले समयमै उपयुक्त निर्णय गर्न नसक्दा यतिबेला देशका कुनाकुनामा कोरोना संक्रमण फैलिएको छ । कतै पनि संक्रमण नभेटिएको नेपालभित्रका जनता भारि बोकेर केयौ दिन हिडेर घरमा पुग्ने तर भारतबाट आउनेहरु मनलाग्दो तरिकाले सुरक्षा विधि पनि अनपनाएर भिडका भिड घरमा आउँने यो सरकारको कस्तो नीति हो ? कम्तिमा स्वाब परिक्षण गरेर सरकारले उनीहरुलाई पठाउनुपर्ने होइन ? स्वाब परिक्षणमा सरकारले गरेको ढिलासुस्तिकै कारण संक्रमणको यो जटिल अवस्था आएको हो ।


भारतबाट आउने नेपालीलाई नाकामै क्वारेन्टाइन वनाएर स्वाब परिक्षण अनिवार्यरुपमा गरेर घरमा पठाउने गरेको भए यतिबेला देश लकडाउन खुल्ने अवस्थामा आइपुगेको हुने थियो । तर सामान्य कुरामा सरकारले ध्यान दिन नसक्दा यति लामो समय हामीले लकडाउने गरेको अर्थहिन सावित भएको छ ।


भारतबाट आउनेलाई चेकजाँच विना घर पठाएर गल्ती गरेको सरकारले अहिले स्वाब परिक्षणमा देखाएको सुस्तताले थप संकट पैदा गर्ने आधार वलियो वन्दै गएको छ । भारत लगायत विभिन्न मुलुकबाट आउनेहरुलाई सामाजिक दुरी कायम गरेर क्वारेन्टाइनमा राख्नुका साथै उनीहरुको स्वाब पनि समयमै परिक्षण हुन सक्यो भने यो संकटले केही मात्रामा हामीलाई सुरक्षित राख्न सक्ला नत्र भने यो भयावह निकै डरलाग्दो किसिमले अगाडी वढ्ने देखिन्छ ।

संक्रमणको अवस्थामा जनतालाई अपनत्व दिलाउनुपर्ने सरकार आफै अस्थिर भएपछि जनताहरु भयभित हुने नै भए ।


अहिले नागरिकप्रतिको जिम्मेवारी स्थानीय सरकारका प्रतिनिधिले पुरा गरिरहेका छन् । सिमित स्रोत र साधनका बीचमा पनि स्थानीय सरकारले जे जति गरेका छन् त्यो प्रशंसनिय छ । तर केन्द्र सरकारले स्थानीय सरकारलाई अझै पनि कोरोना लक्षित गरेर पैसा पठाएको छैन । नागरिकको उद्दार, क्वारेन्टाइन व्यवस्थापन र पिसिआर टेस्ट लगायतका काम गर्दा गर्दै केयौ स्थानीय सरकार टाट पल्टिने समेत अवस्था आएको छ ।

अहिलेको संक्रमण दर अझै केही समयसम्म लम्बिने संकेत देखिन्छ । हामीले विगतमा गरेको गल्तिले संक्रमणको अवस्था जटिल मोडमा ल्याएको भएपनि अझै यसलाई सुधार गर्न सकिने आधारहरु प्रशस्त मात्रामा रहेका छन् ।

संक्रमणको अवस्थामा जनतालाई अपनत्व दिलाउनुपर्ने सरकार आफै अस्थिर भएपछि जनताहरु भयभित हुने नै भए । सरकारले यस्तो अवस्थामा परिपक्व नीति ल्याएर संक्रमणलाई नियन्त्रण गर्नुका साथै जनतालाई ढुक्क पार्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस