डिभीको रिजल्ट आज आउँदै, यसरी हेर्नुहोस् रिजल्ट

जेठ २४, २०७७

काठमाडौं, जेठ २४ : सन् २०२१ को अमेरिकन डाइभर्सिटी भिसा (डिभी) को नतिजा आज राति सार्वजनिक हुदैछ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीट मार्फत आज जेठ २४ गते शनिबार नेपाली समयअनुसार राति ९ः४५ बजेपछि डिभी नतिजा सार्वजनिक हुने जानकारी दिएको हो ।

डिभीको नतिजा www.dvlottery.state.gov  मा गएर हेर्न सकिन्छ । डिभी भर्दा दिइएको कन्फरमेसन नम्बरका आधारमा आफूलाई डिभी परेको वा नपरेको जानकारी लिन सकिनेछ । यदि नम्बर बिर्सेको खण्डमा पनि Forgot Confirmation Number मा क्लिक गरी मागेको विवरण दिएर नतिजा हेर्न मिल्ने दूतावासले जनाएको छ ।

गत मे ५ तारिकमा हुनुपर्ने डिभीको नतिजा कोरोना कहरका कारण एक महिनापछि (जुन ६) मा सारिएको थियो । दूतावासले डिभी परेको जानकारीबारे कुनै इमेल नपठाउने तथा भिसा अन्तर्वाताका लागि अग्रिम शुल्क बुझाउन पनि इमेल, चिट्ठी या अन्य अनुरोध नपठाउने दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस