तुलसीपुरमा आइतबारदेखि ६ दिन नै बैक खुल्ने

जेठ २२, २०७७


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा बैक तथा वित्तिय संस्थाहरुमा भएको अत्यावश्यक भिडलाई मध्यनजर गरेर सातामा ६ दिन नै खुल्ने भएका छन् । उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । आइतबारबाट लागु हुने गरी बिहान १० वजेदेखि २ बजेसम्म खुल्ने भएको हो ।

बैकहरुले अनिवार्यरुपमा सामाजिक दुरी कायम गर्नुका साथै सुरक्षा व्यवस्था समेत अपनाउनुपर्ने उल्लेख भएको छ ।यो भन्दा अगाडी बैकहरु ३ दिनसम्म सञ्चालन हुँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस