भाइरस र विरोधले अमेरिकामा विद्यमान जातीय विभेदको दुरावस्था देखाउँछ- संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्त

जेठ २१, २०७७

संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको महामारीको असङ्गत प्रभाव र जर्ज फ्लोडको मृत्युलाई लिएर भएको प्रदर्शनले ‘स्थानीय असमानता’लाई उजागर गरेको संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्तले मङ्गलबार बताएका छन्।

उनले यो असमानतालाई सम्बोधन गरिनुपर्नेमा जोड दिएका छन्।

‘यो भाइरसले लामो समयदेखि वेवास्था गरिराखिएको ‘स्थानीय असमानता’लाई बाहिर ल्याइरहेको छ,’  संयुक्त राष्ट्रसंघ मानव अधिकार उच्च आयुक्त मिसेल बाचलेटद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ।

‘संयुक्त राज्य अमेरिकामा जर्ज फ्लोयडको ‘मृत्यु’लाई लिएर विरोध भइरहेको छ। यो विरोधले प्रहरीले वर्णका आधारमा गरेको हिंसाको मात्र प्रतिनिधित्व गरिरहेको छैन। स्वास्थ्य, शिक्षा, रोजगारी र स्थानीय जातीय विभेदलाई पनि उजागर गर्दछ’, उनले भने।

थुनामा रहेकै समय अफ्रिकी मुलका अमेरिकी नागरिकको मृत्यु भएपछि अमेरिकामा हिंसा भड्किएको छ।

देशभरका विभिन्न शहरमा प्रदर्शन हुन थालेपछि स्थानीय सरकारहरूले करिब ४० शहरमा निषेधाज्ञा जारी गरेका छन्।

केही दिनदेखि भइरहेका देशव्यापी प्रदर्शनका क्रममा कम्तीमा पाँच जनाको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएका छन्।

त्यस्तै प्रदर्शनमा सहभागी हजारौँ व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ परेका मध्ये केहीलाई प्रहरीले छोडिदिएको छ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस