राष्ट्रिय शक्ति कमजोर बनाउन सरकारको बदनाम गरियोः मुख्यमन्त्री पोख्रेल

जेठ २०, २०७७

 

तुलसीपुर । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले राष्ट्रिय शक्ति कमजोर बनाउन सरकारको बारेमा कूप्रचार भइरहेकाे  बताएका छन् । नियमित बजेट कार्यक्रम अन्तर्गत पहिले नै खरिद प्रकृयामा गएका कार्यक्रमलाई कोरोना सँकटसँग जोडेर प्रचार गरिनुले नियत प्रष्ट भएको उल्लेख गरेका छन् ।

राष्ट्रपति भवनमा १ करोडको कार्पेट र मन्त्रिको क्वार्टरमा जिमखाना भन्ने विषयमा सञ्चार माध्यमबाट समाचार सम्प्रेषण भएपछि मुख्यमन्त्री पोख्रेलले सामाजिक सञ्चालनमा स्टाटस लेखेर यस्तो प्रतिक्रिया दिएका हुन् ।
मुख्यमन्त्री पोख्रेलले भारतले अतिक्रमण गरेको भूभात फिर्ता गर्ने अभियानमा सिंगो राष्ट्र लागेका बेलामा राष्ट्रिय शक्तिलाई कमजोर वनाउनका लागि कुप्रचार उचित नभएको पनि उल्लेख गरेका छन् ।

कोरोना महामारी विरुद्ध जुध्न खरिद प्रक्रियामा नभएका थुप्रै कार्यक्रमलाई सरकारले स्थगित गरेर आवश्यक रकमको जोहो गरेको तथ्यलाई नविर्साै” उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस