२४ घण्टामा २३१० जनाको पिसिआरबाट कोरोना परीक्षण

जेठ १, २०७७

कोरोनाको आशंकामा गएको २४ घण्टामा २ हजार ३ सय १० जनाको पिसिआरबाट नमूना परीक्षण भएको छ।

नेपालमा हालसम्म १ लाख ८५ हजार ६ सय ६० जनाको कोरोना परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

७१ हजार ९ सय ३ जनाको पिसिआर र १ लाख १३ हजार ७ सय ५७ जनाको आरडिटिबाट परीक्षण भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
सोमबार २ सय २६ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या १ हजार ७ सय ९८ पुगेको छ।

जसमध्ये २ सय २१ जना उपचारपछि डिस्जार्च भएका छन्। मुलुकभर हाल १ हजार ५ सय ६९ जना अस्पतालको आईसोलेसन वार्डमा रहेको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा १ सय ३८, प्रदेश २ मा ५ सय ८९, बागमतिमा १५, गण्डकीमा २३, प्रदेश ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना आईसोलेसनमा रहेको प्रवक्ता देवकोटाले बताए।

सोमबार डोटीमा पनि संक्रमित थपिएसँगै संक्रमित जिल्लाको संख्या ५९ पुगेको छ । मुलुकभर हाल १ लाख ३३ हजार ९ सय ७५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस