बाढीले बगायाे दुई मजदुर वेपत्ता

जेठ १, २०७७

भारी वर्षापछि खोलामा आएको बाढीले बगाउँदा आज बिहान दुईजना मजदुर वेपत्ता भएका छन्।

कैलालीको चुरे गाउँपालिका-१ मिलनपुर नजिकै पातली खोलाको किनारमा पालमुनि अस्थायी शिविर बनाई बसेका सहजपुर-बोक्टान सडक खण्डमा काम गर्ने दुईजना मजदुर बाढीले बगाएर वेपत्ता भएको इलाका प्रहरी कार्यालय फल्टुडेका इन्सपेक्टर माधव विश्‍वकर्माले बताए।

उनका अनुसार वेपत्ता हुनेमा कृष्णपुर नगरपालिका गुलरिया कञ्‍चनपुरका ४० वर्षीय कमल थापा र २४ वर्षका गोपाल विश्‍वकर्मा छन्।

त्यहाँ १६ जना मजदुर बस्दै आएका थिए।

बेपता दुवैजनाको खोजीका लागि इलाका प्रहरी कार्यालय फल्टुडे, बि.पी. नगर र प्रहरी चौकी घरखेडाको प्रहरी टोली घटनास्थमा पुगिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए।

प्रतिक्रिया दिनुहोस