अगैयामा मध्यराति ट्रकमा हाइस ठोक्किँदा ११ को मृत्यु, २२ जना घाइते

जेठ १, २०७७

तुलसीपुर ।   बाँकेमा आइतबार मध्यराति गाडी दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ, २२ जना घाइते भएका छन्। मृत्यु भएकामध्ये १० पुरूष र १ महिला रहेकाे भेरी अञ्चल अस्पताल स्राेतले जनाएकाे छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी-२ स्थित ठुरिया जंगल अगैया नजिक राति १२ बजेतिर हाइस गाडी दुर्घटनामा परेकाे हाे।

बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगन्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किएकाे हाे।

दुर्घटनामा ११ जनाको घटनास्थलमै मृत्यु भएको छ भने २२ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ। घाइते मध्ये ४ जनाको अवस्था गम्भिर रहेको बताईएको छ ।

घाइतेहरुलाई भेरी अस्पताल लगिएकाे छ। शव पनि त्यही अस्पतालकाे गृहमा शव राखिएको छ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस