विश्‍व हिन्दू महासंघको अन्तर्राष्‍ट्रिय विभाग संयोजकमा डा. योगी

जेठ १७, २०७७

विश्‍व हिन्दू महासंघ नेपालले डा. चिन्तामणि योगीको संयोजकत्वमा अन्तर्राष्‍ट्रिय विभाग गठन गरेको छ।

महासंघका वरिष्‍ठ उपाध्यक्ष भरतराज पौडेलको अध्यक्षतामा जुम प्रविधिमार्फत बसेको बैठकले राष्‍ट्रिय तथा अन्तर्राष्‍ट्रिय संघसंस्थासँग सम्बन्ध बढाउन पूर्वीय एवं पाश्‍चात्य दुवै दर्शनका ज्ञाता डा. योगीलाई विभागको जिम्मेवारी दिइएको हो।

उनी ‘मूल्यमा आधारित शिक्षा’का अभियन्ता पनि हुन्।

कोरोनाबाट बच्‍न जारी लकडाउनका क्रममा दैनिक ज्याला गरी खाने एवं विपन्न वर्गका नागरिकलाई अप्ठ्यारो परेकाले जीवन निर्वाह गर्न सक्ने व्यवस्था गर्न पनि महासंघले सरकारसँग माग गरेको छ।

प्रतिक्रिया दिनुहोस