दाङबाट कोरोना जितेर फर्किए ८ जना संक्रमित

जेठ १६, २०७७

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट शुक्रवार ८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। कोरोना विशेष अस्पतालमा जेठ २ गते भर्ना भएका उनीहरू १५ दिनपछि कोरोनालाई जितेर घर फर्किएका हुन्।

दुईपटकसम्म गरिएको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई शुक्रबार घर पठाइएको कोरोना विशेष अस्पताल बेलझुण्डीका व्यवस्थापक दोर्णबहादुर वलीले जानकारी दिएका छन्।

वलीका अनुसार शुक्रबार निको भएर घरफर्कर्नेहरूमा कपिलवस्तुका ४ जना, बाँकेका ३ जना र दाङको गढवाका एक जनासहित ८ जना छन्। उनीहरूलाई शुक्रबार एक औपचारिक कार्यक्रम गरेर विदाई गरिएको हो।

कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ४५ जना मध्य ८ जना निको भएपछि ३७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। अस्पतालमा रुकुम पूर्व, रुपन्देही, कपिलबस्त, बाँके, दाङ र बर्दियाका रहेका छन्। उपचार गराई रहेका मध्य दुई जना महिला र अन्य पुरुष रहेको वलीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस