दाङमा थप १५ जनामा कोरोना संक्रमण

जेठ १४, २०७७

दाङमा थप १५ जनामा संक्रमण देखिएको छ। बुधबारको रिपोर्टअनुसार दाङको घोराहीमा ७ जना र लमहीमा थप ८ जनामा कोरोना पोजेटिभ देखिएको छ। घोराही उपमहानगरपालिका वडा नं. १८ मा २४, २५, ४० र ४२ वर्षीय व्यक्तिमा कोरोना देखिएको हो।

त्यस्तै वडा नं. १० का ३४, ४०,४० वर्षका दुई पुरुषमा कोरोना संक्रमण भेटिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद देवले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

लमही नगरपालिका अन्तर्गत वडा नं. १ मा २६ वर्षीय, २ मा १७ र ३० वर्षीय, वडा नं. ४ मा २६ वर्षीय, ५ मा २०÷२० र २३ वर्षीय, ६ मा १८ वर्षीय युवामा कोरोना संक्रमण देखिएको छ।

बुधवार पिसिआर विधिबाट परीक्षण गरिएका १ सय ३६ वटा नमुनामध्य १ सय १८ वटाको नेगेटिभ र १८ जनाको पोजेटिभ आएको जारी विज्ञप्तिमा उल्लेख छ।

यसअघि दाङका ५ जनामा संक्रमण देखिएको छ। त्यसमध्य तुलसीपुरका एक संक्रमित भने निको भएर घर आइसकेका छन्।

यो सहित संक्रमितको संख्या ८७० पुगेको छ।

प्रतिक्रिया दिनुहोस