बेलझुण्डी अस्पतालमा कोरोना संक्रमित २७ पुगे

जेठ १३, २०७७

कोरोना विशेष अस्पताल बेलझुण्डीमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ ।

कोरोना विशेष अस्पतालमा अहिले बाँके, बर्दिया, कपिलवस्तु, दाङ र अर्घाखाँचीका कोरोना संक्रमित छन् । ती सबैको अवस्था सामान्य रहेका अस्पतालले जानकारी दिएको छ ।

कोरोना विशेष अस्पतालमा १ सय जनासम्म राख्न सक्ने क्षमता रहेको छ ।

कोरोना संक्रमणलाई ध्यानमा राखेर प्रदेश सरकारले ३ ठाउँमा आइसोलेसन वनाएको छ ।

प्रतिक्रिया दिनुहोस