देशभरका ४२ जिल्लामा कोरोना संक्रमित, कुन जिल्लामा कति ?

जेठ ११, २०७७

काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमितको संख्या हरेक दिन बढ्दै गइरहेको छ। आइतबार पनि थप १९ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमितको संख्या थपिएसँगै संक्रमण देखिएका जिल्ला पनि थपिदै गइरहेको छ। आइतबार नुवाकोटमा नयाँ संक्रमित फेला परेसँगै नेपालका ४२ जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार आइतबार साँझ ६ बजेसम्म नेपालमा ६०३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। कुल संक्रमितमध्ये ८७ जना उपचारपछि निको भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ।

मन्त्रालयको तथ्यांक अनुसार सबैभन्दा बढी बाँके जिल्लामा १ सय ४२ जनामा संक्रमण देखिएको छ। बाँकेमा २१ जना उपचारपछि निको भइसकेका छन् भने १ जनाको मृत्यु भएको छ।

बाँकेपछि पर्सामा ९४ जना संक्रमित फेला परेका छन्। पर्सामा ७ जना उपचारपछि निको भएका छन्। त्यस्तै कपिलवस्तुमा ८० जनामा संक्रमण देखिएको छ।

यसपछि रुपन्देहीमा ४३, उदयपुरमा ३३, झापामा ३५ सर्लाहीमा ३५ र रौतहटमा २३ जनामा संक्रमण देखिएको छ।

हालसम्म देशभरमा ४८ हजार ८ सय १५ जनामा पिसिआरबाट कोरोना परीक्षण गरिएको छ।

भोजपुर, काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, सिन्धुली, लमजुङ, दैलेख र कञ्चनपुरमा १/१ जनामा कोरोना देखिएको छ।

प्रतिक्रिया दिनुहोस