विश्वभर कोरोनाभाइरसबाट तीनलाख ३४ हजारको मृत्यु, निकाे हुने २१ लाख पुग्न लागे

जेठ ०, २०७७

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट विश्वमा ५१ लाखभन्दा बढी संक्रमित भएका छन् । तथ्यांक अनुसार करिब ५१ लाख ९४ हजार संक्रमित हुँदा निको हुनेको संख्या २० लाख ८१ हजार नाघेकाे छ ।

विश्वमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या शुक्रबार बिहानसम्म तीनलाख ३४ हजार नाघेको छ । सबैभन्दा बढी संक्रमित रहेको अमेरिकामा मात्रै मृतकको संख्या ९६ हजार पुगेको छ, संक्रमितको संख्या १६ लाख २० हजारभन्दा बढी छ ।

त्यस्तै संक्रमित संख्याको आधारमा अमेरिका पछाडि रहेको रसियामा भने मृतकको संख्या कम छ । त्यहाँ सवा तीन लाख संक्रमित हुँदा चारहजार जनाको मृत्यु भएको वल्डओमिटरले जनाएको छ ।

बढी मृत्यु हुने देशमा अमेरिकापछि बेलायत (३६,०४२), इटाली (३२,४८६), फ्रान्स (२८,२१५), स्पेन (२७,९४०) र ब्राजिल (२०,०४७) रहेको छ ।

वल्डओमिटरका अनुसार कोरोनाभाइरसको संक्रमित भएको देशको संख्या २१५ रहेको छ ।

सबैभन्दा बढी संक्रमित रहेको अमेरिका पहिलो नम्बर छ भने ४५७ जना संक्रमित भएको नेपाललाई १३१औं नम्बरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस