प्रदेश ५ मा थपिए २० जना, संक्रमित संख्या ४२७

जेठ ०७, २०७७

नेपालमा बुधबार २५  कोरोनाभाइरसका संक्रमित थपिएका छन्। थपिएका मध्ये २० जना प्रदेश नम्वर ५ का रहेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारी अनुसार  थपिएका संक्रमितमध्ये १८ पुरूष  र ७ महिला छन्।

बाँकेमा ६, धनकुटामा ५, कपिलवस्तुमा १३  र नवलपरासी पश्चिममा १ जना संक्रमित थपिएका छन्। उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।

योसँगै नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ४२७ पुगेको छ।

आजै कोसी अस्पतालमा रहेका उदयपुरका ८ जना कोरोना संक्रमित डिस्चार्ड भएका छन्।

प्रतिक्रिया दिनुहोस