दाङमा करिब ६ सय नमुना संकलन,५ सय ७९ रिपोर्ट नेगेटिभ ,दुई पोजेटिभ

जेठ ०४, २०७७

तुलसीपुर ।  दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षणका लागि हालसम्म झन्डै छ सय जनाको नमुना संकलन गरिएको छ । प्रतिष्ठानका अनुसार कोरोना भाईरस भए नभएको पत्ता लगाउनका लागि हालसम्म ५ सय ८७ जनामा पिसिआर विधिबाट कोरोना परिक्षण गरिएको हो ।

प्रतिष्ठानका कायम मुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले आईतबार जारी गरेको प्रेस विज्ञप्तीमा साे कुरा उल्लेख गरिएको छ । जसमा तुलसीपुर, घोराही र सल्यान लगाएतका विभिन्न स्थानमा रहेका स्थापना गरीएको क्वारेन्टाईनमा बसेकाहरुको स्वाब संकलन गरिएको ३२ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यस्तैगरी प्रतिष्ठानमा परिक्षण गरिएकोमा हालसम्म ५ सय ८१ जनाको रिपोर्ट आएको छ । जसमा ५ सय ७९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जारी गरेको विज्ञप्तीमा जनाईएको छ । यस्तैगरी ६ जनाको नुमना प्रक्रियामा रहेका छन्

प्रतिक्रिया दिनुहोस