नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको पनि मृत्यु

जेठ ०४, २०७७

 

नेपालगन्‍ज जेठ ४ । क्‍वारेन्टाइनमा बसेका एक युवकको आइतबार बिहान मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेण्टाइनमा बसेका ती २५ वर्षीय युवक गत वैशाख ३० मा भारतको मुम्बईबाट आएका थिए । उनको स्वास्थ्यमा बिहान एक्कासी समस्या देखिएको बताइएको छ ।

बिरामीलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइए पनि एम्बुलेन्स पुग्नुअगावै युवकको मृत्यु भएको थियो ।
कोरोना परीक्षणका लागि मृतक युवकको स्वाब शनिबारै संकलन गरिसकिएको र उनको रिपोर्ट मृत्युपश्चात पोजेभिट आएको छ । कोरोना संक्रमणबाट मृत्यु हुने उनी दोस्रो व्यक्ति हुन् । नरैनापुर गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहका अनुसार उनी बसेको क्वारेन्टिनमा अरू ३८ जना पनि छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले त्यसको पुष्टि गरे ।

प्रतिक्रिया दिनुहोस