लकडाउन आजदेखि खुकुलो पारिँदै, के के खुल्ने , के के नखुल्ने ? हेर्नुहाेस् सूची

बैशाख २६, २०७७

कोभिड —१९ महामारी रोकथाम र नियन्त्रणका लागि सरकारले ११ चैतदेखि घोषणा गरेको बन्दाबन्दी ५ जेठसम्मका लागि थप गर्ने निर्णय गरेको छ ।
संक्रमितको संख्या बिहीबारसम्म १०१ जना पुगिसकेको छ । २२ जना निको भएका छन् ।

बन्दाबन्दीको सकस बढ्दै जाँदा सरकारलाई अत्यावश्यक वस्तु र सेवाको बिक्रीवितरण र सीमित उद्योगधन्दा, व्यवसाय सञ्चालनको दबाब बढेको छ । यसैबीच सरकारले बन्दाबन्दीमा निम्न वस्तु तथा सेवा बिक्रीवितरण र सञ्चालन केही खुकुलो गर्ने निर्णय गरेको छ ।

हेर्नुहोस् सूचीः 

खोल्न पाइने

– औषधि तथा स्वास्थ्य सामग्री उत्पादन र बिक्री वितरण ।

– पशुजन्य वस्तुको उत्पादन, बिक्री वितरण ।

– औद्योगिक वस्तुको उत्पादन र बिक्री वितरण ।

– खाद्यवस्तु र अन्य बाली लगाउने तथा पाकेको बाली भित्र्याउने कार्य ।

– पशुपंक्षीपालन, माछा पालन र कुखुरा पालन तथा बिक्री वितरण ।

– फलफूल, तरकारी, दूध र दुग्धजन्य वस्तुको उत्पादन, भण्डारण र बिक्री वितरण ।

– नर्सरीबाट बिरुवाको उत्पादन, घाँस, दानाको उत्पादन र बिक्री वितरण ।

– कृषि वीउ–विजन उत्पादन र भण्डारण, शीत भण्डारण ।

– सरकारी तथा निजी स्वास्थ्य संस्थाहरु, अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, डायग्नोस्टिक सेन्टर ल्याब, खोपलगायत अत्यावश्यक सेवा ।

– औषधि पसल, आयुर्वेदिक, होमियोपेथिक, एग्रोभेट र भेटेरिनरी औषधि पसलहरुको सञ्चालन र तत्सम्बन्धी सेवाहरु ।

– संसदीय समितिका बैठक शुरु गर्ने ।

– न्यूनतम बैंकिङ सेवा ।

ढुवानी

– कृषि उत्पादन र कृषि व्यवसायसँग सम्बन्धित, स्वास्थ्य जन्य ढुवानीका साधनहरु ।

– भन्सारबाट जाँच पास भई आएका उद्योग प्रतिष्ठानबाट सामान बोकेर आएका साधन ।

– पानी, ग्याँस पेट्रोलियम सामान बोकेका ढुवानीका साधन ।

– औद्योगिक कच्चा पदार्थ र तयारी सामान बोकेका साधन ।

– विकास आयोजनामा प्रयोग हुने उपकरण बोकेका साधन ।

– कृषि सामग्रीका सामान बोकेका ढुवानीका साधन ।

– एम्बुलेन्स सेवा, साधन ।

– विद्यालयका पाठ्यपुस्तक ढुवानी गर्ने प्रयोजनका लागि जनक शिक्षा सामग्री केन्द्रबाट अनुमति लिएका ढुवानीका साधन ।

– काठमाडौंबाहिरबाट आपूर्तिका सामान बोकी आएका सवारी साधन । जुन सवारीमा जममा चालक र सहचालक बाहेक अरु यात्रु राख्न नपाउने ।

– रड, गिटी, सिमेन्ट, बालुवालगायत निर्माण सामग्री ढुवानीका साधन ।

२६ वैशाखदेखि ताेकिएकाे मापदण्डमा रहेर हाइड्राेपावरकाे काम गर्न पाइने भएकाे छ । 

उद्योग

– खाद्यान्नसम्बन्धी (धान, चामल, दाल, चिया, कफी, घ्यू, तेल, चिनी, मसला, जुस आदि) उद्योग ।

– राष्ट्रिय गौरवका आयोजनाहरु ।

– सरकारी र निजीस्तरबाट सञ्चालित जलविद्युत आयोजना ।

– सिंचाई आयोजना ।

– खानेपानी आयोजना ।

– विमानस्थल निर्माण ।

– सडक र पुल निर्माण ।

– सरकारी भवन निर्माण ।

– सहरी पूर्वाधारका शीर्षकका आयोजनाहरु ।

– ढुंगा–गिटी बालुवा उद्योग ।

– सिमेन्ट उद्योग र चुनढुंगा खानी ।

– नदी नियन्त्रणका कार्यहरु ।

– विद्युत उत्पादन तथा प्रसारण ।

– इँटाभट्टा ।

– ग्रिल उद्योग ।

– औद्योगिक क्षेत्रका उद्योग ।

– आल्मुनियम उद्योग ।

– मेसिन पार्टपूर्जा सम्बन्धी उद्योग ।

व्यवसायः

– दैनिक उपभोग्य खाद्यवस्तु (दाल, चामल, दूध आदि) उत्पादन तथा बिक्री ।

– पानी प्रशोधन, औषधि, स्वास्थ्य सामग्री, साबुन उत्पादन ।

– प्याकेजिङ सामग्री उत्पादन गर्ने उद्योग ।

– ग्याँस बोटलिङ गर्ने ।

– सवारी साधन मर्मत वर्कशप ।

– पेट्रोल पम्प ।

– प्लम्बिङ ।

– इलेक्ट्रिसियन ।

आन्तरिक तथा वाह्य हवाई सेवा उडानमा राेक जारी नै छ ।

नखुल्ने

—शैक्षिक संस्थाः विश्वविद्यालय, क्याम्पस, विद्यालय, प्रशिक्षण केन्द्र ।

—गैर–खाद्य वस्तु बिक्री गर्ने व्यवसायिक मल, स्टोर, पसल ।

—सार्वजनिक जमघटः सिनेमा हल, फनपार्क, पार्टी प्यालेस ।

—धार्मिक स्थलः मन्दिर, मस्जिद, गुम्बा ।

—खेलकुदः मैदान, फूटसल, जीमखाना ।

—होटल, बार, रेष्टुरेन्ट, शैलुन, ब्युटीपार्लर, चमेना गृह ।

—अनुमति पाएका वाहेकका यात्रुवाहक सवारी साधन ।

—बाहिर हिंडडुल गर्न नपाइनेः १२ वर्ष मुनिका, ७० वर्ष नाघेका, अशक्त व्यक्ति, गर्भवती महिला वाहेककाले ।

—आन्तरिक तथा बाह्य हवाई सेवा ।

—केबल कार ।

प्रतिक्रिया दिनुहोस