प्रदेश ५ मा देखिए कोरोना संक्रमित :नेपालगञ्ज र रुपन्देहीका २ जनामा कोरोना संक्रमण
काठमाडौं- नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। नेपालगञ्ज र रुपन्देहीमा १/१ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार रुपन्देही निवासी २५ वर्षका पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको हो। उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा छन्।
आज शुक्रबार थप भएका २ जना सहित नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ। ५९ जनामध्ये १६ जना उपचारपछि निको भइसकेका छन्।
प्रतिक्रिया दिनुहोस