नेपाल प्रहरीका १० एसएसपी डीआईजी बढुवामा सिफारिस

चैत २, २०७६

काठमाडौं । नेपाल प्रहरीका १० जना एसएसपी डीआईजीमा बढुवा सिफारिस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिले शुक्रवार १० रिक्त डीआईजी पदमा बढुवा सिफारिस गरेको हो ।

डीआईजीमा बढुवा हुनेमा एसएपीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वर बाबु कार्की, सहकुल थापा, धिरज प्रताप सिंह, बसन्त कुमार लामा, रबिन्द्रबहादुर धानुक, उत्तमराज सुबेदी र अरुण कुमार विसी रहेका छन् ।

मन्त्रिपरिषदले डीआईजीको संख्या कटौती गर्दै १४ मा झारेपछि रिक्त १० पदमा गृहले बढुवा सिफारिस गरेको हो

प्रतिक्रिया दिनुहोस