काेराेना संक्रमण : एकैदिन ६३ सय बढीको मृत्यु, ८२ हजार बढी बिरामी थपिए

चैत २७, २०७६

खबरशाला संवाददाता 

तुलसीपुर । ‘विश्वमा कोरोना भाइरसको संक्रमण (कोभिड-१९) बढ्दो क्रममा रहेको छ। मंगलबारको तुलनामा बुधबार विश्वमा कोरोना भाइरस संक्रमितको संख्या झन् बढेको छ।

वर्ल्डोमिटर्सको तथ्याङ्क अनुसार बुधबार विश्वभार कोरोना भाइरसको संक्रमणका कारण ६ हजार ३ सय ६७ जनाको मृत्यु भएको छ भने ८२ हजार २ सय ६२ जना नयाँ बिरामी थपिएका छन्।

अघिल्लो दिन मंगलबार विश्वभर कोरोना भाइरसको संक्रमणबाट ७ हजार ३ सय २४ जनाले ज्यान गुमाएका थिए भने ७९ हजार ८ सय ९६ जना नयाँ संक्रमित थपिएका थिए। मंगलबारको तुलनामा बुधबार दुई हजार संक्रमित थपिएका छन्। मृत्युको संख्या भने केही घटेको छ।

बुधबार सबैभन्दा बढी बिरामी र मृत्यु अमेरिकामा भएको थियो। अमेरिकामा बुधबार कोरोनाका कारण १ हजार ८ सय ९७ जनाले ज्यान गुमाएका छन् भने २९ हजार ९ सय ३६ जना नयाँ बिरामी थपिएका छन्।

स्पेनमा बुधबार कोरोनाको कारण ७ सय ४७ जनाको मृत्यु भएको छ। सोही दिन स्पेनमा ६ हजार २ सय ७८ जना नयाँ संक्रमित थपिएका छन्। इटालीमा बुधबार ३ हजार ८ सय ३६ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ५ सय ४२ जनाको मृत्यु भएको थियो।

जर्मनीमा बुधबार थप ५ हजार ६ सय ३३ जनामा कोरोनाको संक्रमण देखिएको छ। सोही दिन जर्मनीम ३ सय ३३ जनाले ज्यान गुमाएका छन्। फ्रान्समा बुधबार कोरोना भाइरस संक्रमणका कारण ५ सय ४१ जनाको मृत्यु भएको छ भने ३ हजार ८ सय ८१ नयाँ बिरामी थपिएका छन्।

इरनमा बुधबार १ हजार ९ सय ९७ नयाँ बिरामी थपिएका छन्। सोही दिन इरानमा १ सय २१ जनाको मृत्यु भएको छ। बेलायतम बुधबार ९ सय ३८ जनाको मृत्युको कारण कोरोना भाइरसके संक्रमण बनेको थियो। सोही दिन बेलायतमा ५ हजार ४ सय ९१ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए।

टर्कीमा बुधबार ४ हजार १ सय १७ जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो। सोही दिन टर्कीमा ८७ जनाको मृत्यु भएको छ। बेल्जियमा बुधबार १ हजार २ सय ९ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने २ सय ५ जनाको मृत्यु भएको थियो।

स्वीट्जरल्याण्डमा बुधबार १ हजार २७ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए। सोही दिन स्वीट्जरल्याण्डमा ७४ जनाले ज्यान गुमाएका थिए। नेदरल्याण्ड्मा बुधबार ९ सय ६९ नयाँ संक्रमित देखिएका थिए भने १ सय ४७ जनाको मृत्यु भएको थियो।

यस्तै, क्यानाडामा बुधबार कोरोनाका १ हजार ५ सय ४१ जनामा कोरोनाको संक्रमण देखिएको थियो। सोही दिन क्यानाडामा कोरोनाका कारण ४६ जनाको मृत्यु भएको थियो। ब्राजिलमा बुधबार थप २ हजार १ सय ५४ जनामा कोरोना संक्रमण देखिएको थियो भने १ सय ३४ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस