रोटरीले दियो स्वास्थ्यकर्मीलाई पिपिई

चैत २६, २०७६


खवरशाला संवाददाता
तुलसीपुर । रोटरी क्लब अफ तुलसीपुर सिटिले बिषम परिस्थितिमा स्वास्थ्यकर्मीहरुको सुरक्षाका लागि अत्यावश्यक पर्ने सामाग्री हस्तान्तरण गरेको छ ।

कोरोना भाईरसले विश्वलाई नै आक्रान्त पारिरहेको अवस्थामा शकांस्पद बिरामी र पहिचान भैसकेका बिरामीको उपचार गर्दा चिकित्सक एवम् स्वास्थ्यकर्मीहरुलाई अति आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ ईक्युपमेन्ट (पिपई) रोटरी डिष्ट्रिक ३२९२ को समन्वयमा रोटरी क्लब अफ दरबारमार्गले उपलब्ध गराएको उच्च गुणस्तरयुक्त पन्ध्र थान पिपिई हस्तान्तरण गरिएको हो ।

तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डे र जिल्ला बिपद व्यबस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाललाई क्लबका अध्यक्ष देबबदादुर केसीले संयुक्त रुपमा उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

अस्थायी क्वारेन्टाइन स्थल गुरुजजुर मा. वि. रक्षाचौरमा सम्पन्न पिपिई हस्तान्तरण कार्यक्रममा क्लबका पूर्व अध्यक्ष बिमल रिजाल, उपाध्यक्ष यज्ञ बहादुर केसी, विनिल केसी र रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मीको सहभागिता रहेको थियो ।

रोटरी डिष्ट्रिक डिजास्टर रिलिफ कमिटिका मेम्बर सेक्रेटरी तथा रोटरी क्लब अफ दरबारमार्गका पूर्व अध्यक्ष नुगल वैद्यले जिल्लामा आवश्यक पर्ने थप पिपिई अझै पनि उपलब्ध गराउन सकिने बताएको क्लबका पूर्व अध्यक्ष तुफानबाबु श्रेष्ठले कार्यक्रममा जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस