तुलसीपुर क्वारेन्टाइनमा दुवईबाट आएका २ जना थपिए

चैत २३, २०७६

तुलसीपुर । कोरोना संक्रमणको आशंका भएका तुलसीपुरका दुई जनालाई आइतवार राती क्वारेन्टाइनमा राखिएको छ । दुबइबाट चैत्र ६ गते नेपाल एयरलाइन्सको विमानमा काठमाडौ आएका उनीहरुलाई रक्षाचाैरमा रहेकाे क्वारेन्टाइनमा राखिएको हो । उनीहरु दुवै तुलसीपुरका हुन् । नेपाल सरकारले देशभन्दा वाहिरबाट आउनेलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा वस्नुपर्ने प्रावधान वनाएको छ ।

तुलसीपुर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक विमल केसीका अनुसार उनीहरु घरमै क्वारेन्टाइनमा वसिरहेको र विदेशबाट आएकाको स्वाब परिक्षण हुन्छ थाहा पाएर आफै सम्पर्कमा आएका हुन् ।

केही दिनमै उनीहरुको स्वाब परिक्षणका लागि पठाइने पनि निरिक्षक केसीले वताए । “उनीहरुको अहिले अवस्था सामान्य भएपनि विदेशबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा वस्ने भनेकाले  राखिएको हो ” निरिक्षक केसीले भने ।

उनीहरु दुई जनासँगै अहिले तुलसीपुरको क्वारेन्टाइनमा वस्नेको सख्ंया १३ पुगेको विपद् व्यवस्थापन शाखा प्रमुख भिमप्रकाश खत्रीले वताए । उनले उपमहानगरपालिका भित्र बाहिरबाट आएकालाइ  विशेष निगरानीमा राखिएकाे पनि वताए ।

प्रतिक्रिया दिनुहोस