कोरोना विपद् कोषमा विभिन्न संघसंस्थाको सहयोग

चैत २३, २०७६

 

तुलसीपुर । कोरोना संक्रमणको प्रकोप व्यवस्थापनका लागि तुलसीपुर उपमहानगरपालिकाले स्थापना गरेको राहत कोषमा आइतवार विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गरेका छन् ।

गरिब तथा निम्न आय भएका व्यक्तिहरुलाई राहत प्रदान गर्नका लागि तुलसीपुर ९ वेलुवामा रहेको शिवज्योती टोल विकास संस्थाले २५ हजार ५ सय ५५ सहयोग गरेको हो । संस्थाका अध्यक्ष भिमवहादुर वली र पूर्व अध्यक्ष केशव वलीले उक्त सहयोग रकम नगरप्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन् ।

उपमहानगरपालिकाले एकद्धार प्रणालीबाट राहत वितरण गर्नका लागि स्थापना गरेको कोषमा नेपाल कम्युनिष्ट पाटी नेकपामा ५ नम्वर वडा कमिटीले ११ हजार १ सय ११ सहयोग गरेको छ । कमिटीका अध्यक्ष वेदप्रसाद वली र सचिव दरिभान खड्काले नगरप्रमुख पाण्डेले सो रकम हस्तान्तरण गरेका हुन् ।

यसैगरी आइतवार नै कोषमा सृजना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका तर्फबाट पनि सहयोग रकम हस्तान्तरण गरिएको छ । संस्थाकी अध्यक्ष सुलोचना केसी र सचिव रमा आचार्यले नगरप्रमुख पाण्डेलाई संस्थाका तर्फबाट १० हजार ५ रुपैया हस्तान्तरण गरेका हुन् ।
सहयोग गर्ने संस्थालाई धन्यवाद दिदै नगरप्रमुख पाण्डेले रकमको उचित सदुपयोग गरेर विपन्न वर्गका जनतालाई राहत वितरण गर्ने प्रतिवद्धता जनाएका थिए ।

नेपाल इन्भेष्टमेन्ट वैकमा रहेको विपद् व्यवस्थापन कोषको ०३१०१०४०२५१८६० नम्वरको खातामा रकम जम्मा गरेर कोषलाई सहयोग गर्न सकिने उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेले वताए ।

उनले फुड वैकमा खाद्यान्न लगायतको जिन्सी समेत सहयोग गर्न सकिने वताए ।

उपमहानगरपालिकाले कोरोना सचेतना, क्वारेन्टाइन निर्माण, विपन्नलाई राहत वितरण लगायतका विभिन्न कामहरु गरिरहेको छ । आपतको समयमा सहयोग गर्नका लागि नगरप्रमुख पाण्डेले सबैलाई आव्ह्वान समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस