नेपाली कांग्रेस क्षेत्र नम्बर १ द्वारा ५ पालिकामा राहत रकम प्रदान

चैत २३, २०७६

ओमप्रकाश गुप्ता 

नेपाली कांग्रेस क्षेत्र नम्बर १ दाङले आइतबार ५ वटा पालिकामा २५/२५ हजारका दरले कुल १ लाख २५ हजार रूपैयाँ राहत स्वरूप प्रदान गरेको छ ।

लक-डाउनको समयमा अति बिपन्न तथा ज्याला मजदुरी गर्नेहरुको दैनिक उपभोग्य सामाग्रीको अभाब पुर्ती गर्न सघाउने उद्देश्यले सो रकम ५ वटा पालिकामा प्रदान गरिएको हो । जस अनुसार गढवा गाउँपलिकामा क्षेत्र नम्बर १ का सभापती भेषराज पाण्डे , राजपुर गाउँपालिकामा नेपाली कांग्रेस महासमिती सदस्य जानकीलाल बस्नेत, राप्ती गाउँपालिकामा पुर्व सांसद सुशीला चौधरी र क्षेत्र नम्बर १ (क) का सभापति ताराबहादुर डिसी, घोराही उपमहानगरपालिकामा नेपाली कांग्रेसका युवा नेता कमलकिशोर घिमिरे र लमही नगरपालिकामा महासमिति सदस्य कर्णबहादुर बुढाथोकीको नेतृत्वमा सो रकम हस्तान्तरण गरिएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ (ख) का सभापति देवानजंग चौधरी र क्षेत्र नम्बर १ (क) का सभापती ताराबहादुर डिसीले जानकारी दिएका छन् ।

सम्पूर्ण पालिका र उपमहानगरका वडाहरुमा एकद्वार प्रणाली मार्फत अभिलेख रहने गरि बिपन्न तथा मजदुर बर्गलाई नछुटाई राहत वितरण गर्न कांग्रेसले स्थानीय सरकारलाई अनुरोध गरेको छ । कोरोना संक्रमणका लागि सरकारद्वारा थालिएका हरेक कदम प्रति नेपाली कांग्रेसको साथ र समर्थन रहने पनि राहत हस्तान्तरणका क्रममा कांग्रेस नेताहरुले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस