विपद्काे समयमा बेमाैसमी बाजा

चैत २३, २०७६

श्याम डाँगी

कसैले पनि गणतन्त्रको विपक्षमा आवाज उठाएर राजसंस्थाको वकालत गर्दछ भने त्यसलाई मानसिक उपचारको आवश्यकता परेको भन्ने वुझ्नुपर्दछ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ कोरोना भाइरसले विश्वलाई नै आक्रान्त वनाई रहेको छ । चिनको वुहान राज्यबाट सुरु भएको यो महामारी सुरुमा चीनमा उत्पत्ती भयो र चीनबाटै अन्त्य हुन्छ भन्ने हरेक देशलाई लाग्यो । पछिल्लो चरण चीनले जनतालाई सुरक्षीत गर्दै अगाडि वढ्यो । करिब ७८ करोड जनतालाई घरमै थुन्यो । जसको परिणाम महामारीबाट अहिले मुक्ति आएर चिनले यसलाई नियन्त्रण तर्फ अगाडि वढाइसकेको छ ।

तर विश्वका विकसित मुलुक मानिने इटली, स्पेन र महाशक्ति राष्ट्र अमेरिका जस्ता देशहरुले यसलाई गम्भिरताका साथ नलिएका कारण यसबाट सबैभन्दा ठूलो मानवीय क्षतिको पीडा भोगिरहेका छन् । हाम्रै छिमेकी देश भारतमा पनि दिनप्रतिदिन संक्रमण हुनेको संख्या अधिक मात्रामा वृद्धि हुँदै गइरहेको छ ।

तिनतिरबाट सिमाना जोडिएको र नेपालीको धेरै चहलपहल हुने भएकाले पनि भारतमा यसको संख्या वढेसँगै नेपालमा पनि चुनौति वढेर जाने देखिन्छ । यसबाट नेपाललाई कसरी छुटकारा दिलाउने भन्ने कुरा अहिले नेपालका लागि विशेष चुनौति वढेर गएको छ ।

हिजोसम्म स्थानीय सरकार र जनप्रतिनिधिलाई तलव भत्ता खाए, भ्रष्ट भए भनेर कपोकल्पित मन गढन्ते हजारै आरोप थुपारियो । नखाएको विष लाग्दैन भन्दै सबै जनप्रतिनिधि चुप वसे । आज संकटको घडीमा तिनै जनप्रतिनिधि र स्थानीय सरकार नै मुख्य आड भरोसाको केन्द्र वनेको छ ।

स्वास्थ्य क्षेत्रमा आफुलाई अब्बल ठान्ने विश्वका विभिन्न देशहरुको जस्तै दर्दनाक अवस्था यहाँ भएमा के होला ? हामी कल्पनासम्म पनि गर्न सक्दैनौ । नेपाल सरकारको विपत्तिको पूर्व आँकलन गरेर समयमै लकडाउन गरेको छ । जसले गर्दा नेपाल अहिलेसम्मको अवस्था हेर्दा केही सुरक्षित देखिन्छ । तथापि यो भर्खर दोस्रो चरणमा प्रवेश गरेकाले अहिले नै भन्न सकिने अवस्था भने छैन ।

नेपाल सरकारले गरेको यो लकडाउनलाई हामीले सामान्य रुपमा लिएर नेपाल वन्द जस्तो मानेका छौ । कतिले नवुझेर आफ्नो दैनिकीमा खासै परिवर्तन गर्न सकिरहेका छैनौ । किनकी यसलाई अहिले पनि हामीले सामान्य रुपमा लिएका छौ । अहिलेसम्म ९ जनामा कोरोना देखिएको भएपनि नेपाल सरकारले कसैलाई पनि मर्न भने दिएका छैन । वरु १ जनालाई निको समेत भइसकेको छ ।

केही दिन अगाडिसम्म विदेशबाट आएका नेपालीमा मात्रै देखिएको संक्रमण अहिले नेपाली भित्रै फैलिएको देखिएको छ । सरकारले भारत लगायत विभिन्न देशबाट आएका नेपालीहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा वसाल्नका लागि अनुरोध गरेर विभिन्न पालिकाले त्यसको तयारी समेत गरिसकेका छन् । तर त्यसका वस्नका लागि अहिले पनि केयौले आनाकानी गरिरहेका छन् ।

यस्तो संवेदनशिल कुरामा पनि हामी संवेदनायुक्त वन्न सकिरहेका छैनौ । यसले भोलिका दिनमा सरकारको तयारी हुँदा हुँदै पनि महामारी फैलने ठूलो सम्भावना देख्न सकिन्छ । सेल्फ क्वारेन्टाइनका लागि सरकारले लकडाउन आव्ह्वान गरेको छ । यसलाई हामीले पालना गर्नु नितान्त आवश्यक छ ।

हरेक देशबाट नेपालीहरु यहाँ आउनुपर्दछ भनेर मौलिक हकको कुरा गर्नेले यहाँको नेपालीको वारेमा सोच्नुपर्दछ या पर्दैन ? यहाँका नेपालीको अवस्थाका वारेमा हामीले ख्याल गर्नुपर्दैन ?  देश विपदमा छ , संकटग्रस्त छ ,तर हामी नेपाली कसैले एकदुई करोड सहयोग गर्यो भन्दैमा दौडिएर उसैको मादल वजाउदै गीत गाइरहेका छौ । एकले अर्कालाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपले कटाक्ष गरी रहेका छौ । यो वेला काम गर्ने समय हो । नेपाली जनतालाई कोरोना संक्रमणबाट जोगाउनुपर्ने छ । खान नपाएर भौक मर्नबाट जोगाउँ र सबै यसैमा केन्द्रीत होऔँ ।

महामारीले देश आक्रान्त वनेको अवस्थामा राज्य र सरकारप्रति विषवमन गर्दै हिजो जनताको रगत पसिना चुसेर मोटाएको एउटा घाइते बाघलाई पक्षपोषण गरिरहदा हामी नेपाली जनताले आवाज उठाउनुपर्ने होइन ?

हिजोसम्म स्थानीय सरकार र जनप्रतिनिधिलाई तलव भत्ता खाए, भ्रष्ट भए भनेर कपोकल्पित मन गढन्ते हजारै आरोप थुपारियो । नखाएको विष लाग्दैन भन्दै सबै जनप्रतिनिधि चुप वसे । आज संकटको घडीमा तिनै जनप्रतिनिधि र स्थानीय सरकार नै मुख्य आड भरोसाको केन्द्र वनेको छ । मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य सबै जनताका सामु गएर साथ दिइरहेका छन् । यतिवेला कसैलाई सरापेर कसैले गोटी झरेको मादललाई हात दुखाएर वजाउन खोज्नुको कुनै अर्थ छैन । राजसंस्थाको देवत्वकरण मुर्खताको पराकाष्टा हो ।

महामारीले देश आक्रान्त वनेको अवस्थामा राज्य र सरकारप्रति विषवमन गर्दै हिजो जनताको रगत पसिना चुसेर मोटाएको एउटा घाइते बाघलाई पक्षपोषण गरिरहदा हामी नेपाली जनताले आवाज उठाउनुपर्ने होइन ? तुक विना नै सस्तो लोकप्रियताका लागि राजाको पक्षपोषण गरेर नेपाली जनताको अपमान गर्ने अधिकार कसैलाई पनि छैन । कुनै अमुक व्यक्तिको चाहनाले नेपालमा राजसंस्था ढलेको होइन जनताकै रगत र पसिनाले ढलेको हो ।

जनतालाई सुरक्षित वनाउने समयमा वेमौसमी वाजा वजाएर अल्मल्याउने काम कसैले पनि गर्नुहुँदैन । जनतालाई सुरक्षित राख्नका लागि हामीले के गर्ने भन्ने कुरा अहिलेको मुख्य चिन्ता हो । सबैको ध्यान यही कुरामा केन्द्रीत हुनुपर्दछ । नेपाल सरकारले जिम्मेवारी पुरा गरिरहेको छ । नागरिकलाई अहिलेसम्म सुरक्षित राखेको छ । अहिलेको मुख्य कुरा भनेको सरकारका कदमहरुलाई साथ दिने नै हो ।

अहिलेको अवस्थालाई सरकारले विस्तारै नियन्त्रण गर्दै अगाडि वढ्नुपर्नेृ हुन्छ । सरकार विरोधी अनेक आवाज आउन सक्छन् तर सरकार आफ्नो जिम्मेवारी र उत्तरदायित्वबाट वञ्चित हुनुहुँदैन । जनतालाई कसरी सुरक्षित राख्ने भन्ने कुरामा सरकारको सम्पूर्ण ध्यान केन्द्रीत हुनुपर्दछ । यस्तो समयको संवेदनशिलताको ख्याल नगरेर हामीले अभिव्यक्ति दिनुपर्दछ । स्वतन्त्रताको दुरुपयोग कसैले पनि गर्नुहुँदैन । वोल्न लागि हामीले यो व्यवस्था ल्याएको हो तर मनलाग्दो वोल्नका लागि होइन ।

स्वतन्त्रताको हनन गर्ने, दिनदहाडै हत्या,हिंसा र वलत्कारका घटना हुँदा पनि छुपाउने, सडकमै गाडीले मान्छे मार्दै हिड्ने, डिस्कोमा गएर अभद्र व्यवहार गर्ने, सुखानी जंगलमा पाशविक हत्या गर्ने कुचरित्रका कारण नै जनताले नागार्जुन जंगलमा गएर वस्न आदेश दिएका हुन् ।
केहीले निहित स्वार्थका लागि मादल वजाउछन्, सरकारको आलोचना गर्छन्, स्वाभाविक नै ठान्नुपर्दछ । गल्ती भएको भए गम्भिर वहस र छलफल हुनुपर्दछ । गलत गर्नेलाई कठघरामा उभ्याउनुपर्दछ । हरेक कुराका वारेमा वहस र छलफल गर्नुपर्दछ । तर कसैले पनि गणतन्त्रको विपक्षमा आवाज उठाएर राजसंस्थाको वकालत गर्दछ भने त्यसलाई मानसिक उपचारको आवश्यकता परेको भन्ने वुझ्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस