निर्माण व्यवसायीले दिए राप्ती गाउँपालिकालाइ एक लाख

चैत २१, २०७६


ओमप्रकाश गुप्ता 

नेपाल निर्माण तथा श्रमिक संवृद्ध संघ जिल्ला कार्य समिती दाङले  देउखुरी स्थित राप्ती गाउँपालिकालाई एक लाखकाे राहत रकमकाे चेक हस्तान्तरण गरेकाे छ ।

महामारी काेराेना भाइरसका कारण राप्ती गापा क्षेत्रका गरिव विपन्न नागरिकलाई लकडाउनको अवस्थामा राहत उपलब्ध गराउन, कोरना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार गर्ने उदेश्यका साथ कोरना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्न गाउँपालिका अध्यक्ष लाई हस्तान्तरण गरिएको हाे ।

निमार्ण संघका जिल्ला अध्यक्ष जगतराम चाैधरीले साे चेक गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण कार्यक्रममा सभासद मेटमणी चौधरीको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस