सबै गरिब तथा विपन्नले राहत पाउँछन् : अध्यक्ष सुवेदी

चैत २०, २०७६

ओमप्रकाश गुप्ता ।

राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले गाउँपालिका भित्रका अति गरिव तथा विपन्न परिवारहरु राहत पाउनबाट छुट्न नहुने बताएका छन् । कोरना भाईरसको जोखीमबाट बच्न र बचाउन लकडाउनको अवस्थामा गरिव विपन्न परिवारलाई सरकारको राहतबाट छुटाउन नहुने भन्दै अध्यक्ष सुवेदीले गाउँपालिकाका सवै वडा अध्यक्षहरुलाई निर्देशन समेत दिएका छन् ।

कोरोना संक्रमण रोकथामका लागि लगडाउनको पालना गर्ने विपन्न घरधुरीलाई परिवारको संख्याको आधारमा खाद्य सामाग्री उपलब्ध गराउने कार्यक्रम अनुसार टोल, बस्ती, गाउँमा स्वयम् उपस्थीत भई गरिव विपन्नको खाजी गरि राहत प्रदान गर्न गाउँपालिका अध्यक्ष सुवेदीले वडा अध्यक्षहरुलाई निर्देशन दिएका हुन् ।

गाउँ टोलमा खोजेर सहयोग गर्न र गरिव विपन्न परिवार जनप्रतिनिधिको सम्पर्कमा आउन समेत अनुरोध गरेका छन् । अध्यक्ष सुवेदीले हालको अवस्थाको उच्च मुल्याङन गर्दै स्थानिय सरकार गाउँपालिकाले विभिन्न खालको उपचार, क्वारेन्टाईन, आईसाेलेसन, तथ्याङ्क लिने राहत, तथा सहयोगको कार्यक्रम सञ्चालन गर्दै आएको हुँदा केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय सरकारको नीति नियम अनुसार र आर्थिक बजेटका आधारमा क्रियाकलाप सञ्चालन गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस