लकडाउनको फाइदा उठाउने व्यवसायीलाई, कारवाही गर्दै तुलसीपुर उपमहानगर

चैत १, २०७६


तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाकाले लकडाउनको फाइदा उठाएर जनतालाई अखाद्य वस्तु वितरण गर्ने विभिन्न व्यवसायीका सामान जफतका साथै जरिवाना समेत गरेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १ को भमकेमा रहेका विभिन्न १६ वटा पसलहरुमा अनुगमन गरेर उपमहानगरपालिकाले विभिन्न कारवाही गरेको हो । उपभोक्ता तथा हित संरक्षण शाखाको नेतृत्वमा भएको अनुगमनमा क्रममा मूल्य सूची, साईनबोर्ड, ब्यबसाय दर्ता/नविकरण, नापतौलको प्रमाण पत्र,लेवलमा खुलाउनपर्ने कुराहरु स्पष्ट उल्लेख भए नभएको,स्थायी लेखा नम्वर, भ्याट दर्ता, म्याद नाघेकोको सामाग्री, बिक्रि बिल दिने प्रक्रिया , भए नभएको आदी वारेमा अनुगमन गरिएको थियो ।

 

चिसो पेय पदार्थ,चियापत्ती,जंकफुड (चाउचाउ, कुरकुरे, चिप्स, कुकीज, बिस्कुट) आटा लगायतका बस्तुको म्याद गुज्रिसकेको अवस्थामा बिक्री गरेको पाईएको छ । अनुगमनका क्रममा स्थानीय युवाहरुले सहयोग गरेका थिए । म्याद गुज्रीसकेका पेयपदार्थ भने अनुगमन टोलीले स्थानीयहरुको रोवहरमा नष्ट गरेको छ ।

सो अवसरमा खरिद बिल बजार अनुगमन निर्देशिका २०७५को परिच्छेद ३ अनुसार अनुगमन गर्दाका क्रममा अखाद्य बस्तु बिक्री गर्ने व्यवासायीहरुलाई कारवाही समेत गरिएको संयोजक रेवा रावतले जानकारी दिइन् । उनले व्यवसायीहरुलाई मूल्य सूचि, बिल, खरिद बिल,स्वच्छ र सफा दैनिक उपभोग्य बस्तु बिक्रि गर्न आग्रह समेत गरिन् ।

अनुगमनका क्रममा २०७४ सालमा उत्पादन भएका र ३/४ महिनामात्र म्याद भएका बस्तु झण्डै ३ बर्ष पुग्नै लाग्दासम्म समेत बिक्री गरिएको समेत भेटिएको थियो । “मूल्यमा पनि एक रुपता देखिएन, कालोबजारी गरेका पाईयो” रावतले भनिन् ।

अखाद्य बस्तु बिक्री गर्ने, बिद्यालयदेखि एक सय मिटरभित्रको दुरीमा सुर्तिजन्य बस्तु र मदिरा बिक्री गरिरहेको पाएकाले कारबाही अगाडी बढाईएको तुलसीपुर उपमहानगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले बताए ।

चिसो पेय पदार्थ,चियापत्ती,जंकफुड (चाउचाउ, कुरकुरे, चिप्स, कुकीज, बिस्कुट) आटा लगायतका बस्तुको म्याद गुज्रिसकेको अवस्थामा बिक्री गरेको पाईएको छ । अनुगमनका क्रममा स्थानीय युवाहरुले सहयोग गरेका थिए । म्याद गुज्रीसकेका पेयपदार्थ भने अनुगमन टोलीले स्थानीयहरुको रोवहरमा नष्ट गरेको छ ।

अनुगमनमा वडा नम्वर १ का अध्यक्ष लक्ष्मण भण्डारी,नगरस्तरीय अनुगमन समितिका संयोजक रेवा रावत, समितिका सदस्य एवम स्वास्थ्य शाखाका प्रमख ओमप्रकाश न्यौपाने,ईलाका प्रशासन कार्यालयका नायब सुब्बा यादव भूषाल,पत्रकार एवं अधिकारकर्मी सुशील बस्नेत,प्रहरी नायब निरिक्षक दलबहादुर रसाईली लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस