प्रदेश ५ मा ‘कृषिकर्मी रोजगार कार्यक्रम’ सञ्‍चालन हुने

बैशाख १७, २०७७

बुटवल — कृषि क्षेत्रमा मजदुर नपाइने समस्या हटाउन तथा कृषिमा रोजगार बढाउन भन्दै प्रदेश ५ सरकारले कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

प्रदेश सरकारको बुधबार बसेको मन्त्रीपरिषद् बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले तयार गरेको कृषिकर्मी रोजगार कार्यक्रम सञ्चालन कार्यविधि —२०७७ स्वीकृत गरेको हो । जसमा कृषिकर्मी रोजगार कार्यक्रम र तिनको व्यवस्थापन उल्लेख छ ।

यस्तै मन्त्रीपरिषद् बैठकले बर्दिया, प्युठान र रुकुम पूर्वमा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश जनस्वास्थ्य प्रयोगशालाको भवन एवं पूर्वाधार निर्माण गर्न स्वीकृतिसमेत प्रदान गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

प्रतिक्रिया दिनुहोस