युवतीमा टाटुको लत, यस्तो बन्यो सुकोमल शरीर

बैशाख १७, २०७७

जब मानिसमा कुनै पनि शोख लतमा परिणत हुन्छ, तब परिणाम निकै अकल्पनीय पनि निस्किन सक्छ ।

अस्ट्रेलियाकी एक युवतीलाई जिउमा टाटु बनाउने शोख यति धेरै बढ्यो कि उनी टाटुको लतमै फसिन् । उनले आफ्नो जिउमा टाटु बनाउनका लागि हजारौँ डलर खर्च गरिसकेकी छिन् । अहिले उनले आफ्नो शरीरका हरेक भागमा टाटु खोपाएकी छिन् ।

पेसाले मोडेल रहेकी ती युवतीले जब आफ्नो टाटुमय शरीरका तस्वीरहरू सार्वजनिक गर्न थालिन्, तब मानिसहरू झसँग भए ।
टाटु खोप्नुअघि र अहिलेका उनका तस्वीरहरु तुलना गर्दा जो कोहीले पनि आश्चर्यले जिब्रो टोक्नुपर्ने अवस्था छ ।

आम्बर ल्यूक नामकी ती युवतीले इन्स्टाग्राममा आफ्ना तस्वीरहरु अपलोड गर्ने गरेकी छिन् । इन्स्टाग्राममा ८० हजारभन्दा धेरै फलोअर्स रहेकी २४ वर्षीया ल्यूकले पाखुरा तथा अनुहारमा खोपेका टाटु अरूभन्दा विशेष देखिन्छन् ।

टाटु खोप्नेमात्र होइन, उनले अझै डरलाग्दो गरी जिउमा प्वाल पारेर यत्रतत्र किलाहरु झुण्डाएकी छिन् । त्यस्तै आँखाको सेतो भागमा चम्किलो नीलो रङ प्रत्यारोपण गरेकी छिन् । त्यस्तै, उनले जिब्रोको टुप्पो चिरेर दुईवटा हाँगा बनाएकी छिन् । जुन सुन्दैमा जिउ काँप्दछ ।

१४ वर्षको उमेरमा डिप्रेसनको सिकार भएसँगै ल्यूकले जिउमा टाटु खोप्न सुरु गरेकी रहिछिन् । त्यसयता उनले एक सयभन्दा धेरै पटक टाटु खोपाइसकेकी छिन् ।

उनका इन्स्टाग्राम पोस्टहरू हेर्दा उनी डिप्रेसनको सिकार भएसँगै टाटुको लतमा फसेको र मानसिक सन्तुष्टिका लागि जिउ नै कुरुप बनाउने गरी टाटु बनाएको अनुमान गर्न सकिन्छ ।

उनले जिउभरी खोपेका टाटुका कारण पछिल्लो समय आफूलाई अप्ठ्यारो महसुस हुन थालेको संकेत पनि गरेकी छिन् ।एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस