शिव परियार र जुना प्रसाईंको सांगीतिक कोसेली ‘नूतन’ (भिडियो सहित)

बैशाख १५, २०७७

गायक शिव परियार र गायिका जुना प्रसाईंको युगल आवाजमा नयाँ गीत ‘नूतन’ सार्वजनिक गरिएको छ।

गीत सार्वजनिकपछि सामाजिक सञ्जालमार्फत गायक परियारले कोरोना भाइरसको प्रभावबाट घरमै बसिरहेका दर्शक स्रोताका लागि नयाँ सांगीतिक कोसेली पस्किएको जानकारी गराएका छन्। उनले लेखेका छन्, ‘लकडाउनमा अलिकति राहत मिलोस् सबैलाई।’

प्रेमिल शब्दहरूको संयोजनमा रहेको गीतमा नूतन भुसालको शब्द तथा हरि लम्सालको संगीत र एरेन्ज सुन्न सकिन्छ।

म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गीतको भिडियोमा निशान शेर्पा र एलिना थापामगरको अभिनय रहेको छ। हाङ चेमजोङको निर्देशनमा बनेको भिडियोलाई दीपक पौडेल खिचेको हुन् भने एसआर राणाले सम्पादन गरेका हुन्।

गीतको भिडियो

 

प्रतिक्रिया दिनुहोस