घोराहीमा अत्यावश्यक पसलहरु दिउँसो खुल्ने

बैशाख १५, २०७७

बैशाख १५ दाङ ।

 मङ्गलबारबाट घाेराहीका अत्यावश्यक पसलहरू खुल्ने भएका छन् । हरेक दिन विहान ११ बजेदेखि २ बजेसम्म अत्यावश्यक सामग्रीका पसल खुला राख्ने व्यवस्था मिलाईएको दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गाेविन्द प्रसाद रिजालले  बताए । साथै अत्यावश्यक अावश्यकताका पसलभित्र किराना, फलफूल र तरकारीलाई राखिएको पनि प्रमुख जिल्ला अधिकारी रिजालले बताए ।

यस अघि अत्यावश्यक सामग्री दाङ उद्योग वाणिज्य संघले हाेम डेलिभरी सेवा प्रदान गर्दै अाएकाे थियाे । पसल खुलेसँगै डेलिभरी हुने छैन ।

उद्योग वाणिज्य संघले गर्दै अाएकाे हाेम

दाङ चेम्बरकाे अभियानमा सञ्चालन हुँदै अाएकाे हाेम डेलिभरी लकडाउन अवधिभर सुचारू भइरहने चेम्बरका संस्थापक अध्यक्ष दिपक सुवेदीले बताए ।

केही दिन अघिदेखि नै एग्राेभेट पसलहरू खुला राखिएकाे छ । वर्षायाम नजिकिदै गर्दा कृषकका लागि अावश्यक पर्ने वीउविजन र अाैषधिका लागि एग्राेभेट खुला गरिएकाे हाे ।

प्रतिक्रिया दिनुहोस