भीर मौरीले टोक्दा ३ जना बिरामी

बैशाख १५, २०७७

 

तुलसीपुरमा भीर माैरीको टोकाईबाट एक बालक सहित ३ जना बिरामी परेका छन् ।

भीरमाैरीको टोकाईबाट तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवा निबासी २९ बर्षका जीवन केसी र ११ बर्षका मौसम थापा र तुलसीपुर–४ निबासी ४४ बर्षका ज्ञानप्रसाद पोख्रेल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

बिरामी तीनै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरा उपचार भइरहेको अस्पतालका सूचना अधिकारी बिमल केसीले जानकारी दिएका छन् । बाटोमा हिडिरहेका केसी र थापालाई तुलसीपुर उपमहानगरपालिका–३ डाँडाखुटी र पोख्रेललाई तुलसीपुर–४ वनहरीमा टोकेको थियो ।

प्रतिक्रिया दिनुहोस