तुलसीपुरमा कोरोना विरुद्ध प्रतिकार्य योजना सुरू

बैशाख १५, २०७७

तुलसीपुर ।
तुलसीपुरमा कोभिड १९ विरुद्ध द्रुत प्रतिकार्य परियोजना सुरु भएको छ । युएसएआईडिको आर्थिक सहयोग र तुलसीपुर उपमहानगरपालिकाको समन्वयमा तुलसीपुर उद्योग वाणिज्य सघंले सन्चालन गर्न लागेको परियोजनाको टेलि कन्फ्रेन्स मार्फत सरोकारवालाहरु बिचको पहिलो बैठक सम्पन्न भएको हो ।

सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षता एवम नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको परियोजना शुभारम्भ बैठकमा बोल्दै मेयर पाण्डेले कोरोना विरुद्धको लडाईमा युएसएआईडिले महत्वपुर्ण परियोजना तुलसीपुरमा सुरु गर्न लागेकोमा खुसी व्यक्त गरे ।
उनले महामारी नियन्त्रण गर्न १९ वटै वडाहरुमा स्वास्थ्य स्वयम्सेवक परिचालन गर्दै उनीहरुलाई सेनिटाईजर उत्पादन गर्ने तालिमदेखि कोरोना बिरुद्द सजकता अपनाउने विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिए ।

कार्यक्रममा बोल्दै युएस एआईडि अन्तर्गत सन्चालन भैरहेको तयार नेपालकी एक्सन फण्ड म्यानेजर रक्षा शाहले यो परियोजना अप्रिल १५ देखि जुन पन्ध्र सम्म सन्चालन हुने जानकारी दिइन् ।

“अहिले कोभिड नियन्त्रण गर्न सबैको सहकार्य हुन जरुरी छ यस्मा युएसएआईडिले निजि क्षेत्रसगं हातेमालो गरेर अगाडि बढेको छ” म्यानेजर शाहले भनिन् ।

कार्यक्रममा टेक्निकल फोकल पर्सन धिरज कार्की, विभिन्न सामाजिक सघं सस्थाका प्रमुखहरु , जनस्वास्थ्य प्रवद्र्धन शाखा केभिड १९ का फोकल पर्सन बिमल केसी लगायतको सहभागिता रहेको थियो ।

बैठकको सहजिकरण तुलसिपुर उद्योग बाणिज्य सघंका सचिव एवं परियोजनका टिम लिडर बिनिल केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस