थप ४ जना कोरोना संक्रमित निको भएर फर्किए

बैशाख १४, २०७७

१४ वैशाख, काठमाडौं । थप ४ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका चार जना संक्रमित आइतबार निको भएर घर फर्किएका हुन् ।

 

डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक रहेका छन् ।

उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

अहिले सम्म काेराेना  जितेर १६ जना फर्किएका छन् ।

प्रतिक्रिया दिनुहोस