मन्त्रीपरिषद बैठक २ बजे बस्दै, लकडाउन थपबारे निर्णय हुनसक्ने
मन्त्रीपरिषदको वैठक आज अपरान्ह दुई बजे बस्ने भएको छ।
वैठक प्रधानमन्त्री निवास केपी ओलीले बालुवाटारमा अपरान्ह २ बजेका बस्ने जानकारी मन्त्रिपरिषद श्रोतले दिएको छ।
श्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्ने अनुमान छ।
हिजो बसेको उच्च स्तरिय समन्वय समितिको बैठकले १ साताका लागि लकडाउन थप्न सुझाव दिएको थियो।
त्यस्तै समितिले संक्रमणको जोखिम नभएका ठाउँहरुमा उच्च सतर्कताका साथ विकास निर्माणका काम गर्न सकिने समेत भनेको थियो।
प्रतिक्रिया दिनुहोस