लकडाउन एकसाता लम्बिने संकेत

बैशाख १३, २०७७

काठमाडौं : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन एक साता लम्ब्याउन सरकारलाई सुझाव दिएको छ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले शनिबार लकडाउन एक साता थप गर्न सरकारलाई सुझाव दिएको हो।

उच्चस्तरीय समितिले लकडाउनको मोडालिटी बनाउन जिम्मेवारी दिएको मुख्यसचिव लोकदर्शन रेग्मी नेतृत्वको कार्यदलले दिएको सुझावका आधारमा सरकारलाई लकडाउन लम्ब्याउन सुझाव दिइएको हो।

कार्यदलले एक सातापछि अवस्था हेरेर लकडाउनको मोडालिटी परिवर्तन गर्न सकिने पनि सुझाव दिएको छ।

शनिबार बसेको उच्चस्तरीय समितिले पनि लकडाउनकै कारण कोरोना भाइरसको संक्रमण फैलिन नपाएको निष्कर्ष निकालेको थियो। समितिले लकडाउन पालना गर्ने सबै सर्वसाधारणमा धन्यवाद पनि ज्ञापन गरेको थियो।

समितिले एक साता लकडाउन लम्ब्याउन सुझाव दिएपनि आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे अन्तिम निर्णय गर्नेछ।  सरकारले कोरोनाको संक्रमण फैलिन नदिन भन्दै गत चैत ११ गतेदेखि मुलुक लकडाउन गर्दै आएको छ।

 

प्रतिक्रिया दिनुहोस