कोरोनाबाट मर्नेको संख्या २ लाख नजिक, संक्रमितको संख्या २८ लाख

बैशाख १३, २०७७

 

विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २८ लाख ३० हजार पुगेको छ भने १ लाख ९७ हजार बढीको मृत्यु भएको छ। त्यस्तै ७ लाख ९८ हजार ७७२ जना निको भई घर फर्किएका छन्।

हालसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेको छ। अमेरिकामा शुक्रबारसम्म ९ लाख २५ हजार ३८ जना संक्रमित रहेका छन् भने ५२ हजार १८५ जनाको मृत्यु भएको छ।
त्यस्तै स्पेनमा २ लाख १९ हजार ७६४ जना संक्रमित रहेका छन् भने २२ हजार ५२४ जनाको मृत्यु भएको छ।

इटालीमा अहिलेसम्म १ लाख ९२ हजार ९९४ जना संक्रमित रहेका छन् भने २५ हजार ९६९ जनाको मृत्यु भएको छ भने फ्रान्समा १ लाख ५९ हजार ८२८ जना संक्रमित रहेका छन् भने २२ हजार २४५ जनाको मृत्यु भएको छ।

त्यस्तै जर्मनीमा १ लाख ५४ हजार ९९९ संक्रमित रहेका छन् भने ५ हजार ७६० जनाको मृत्यु भएको छ भने बेलायतमा १ लाख ४३ हजार ४६४ संक्रमित रहेका छन् भने १९ हजार ५०६ जनाको मृत्यु भएको छ।
त्यस्तै टर्कीमा १ लाख ४ हजार ९१२ जना संक्रमित रहेका छन् भने २६ सयको कोरोनाबाट मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस