कोरोना भाइरसबाट युरोपमा मात्र एक लाखभन्दा बढीको मृत्यु

बैशाख ०, २०७७

 

कोरोना भाइरसको संक्रमणबाट धेरै युरोपेली देशहरू बढी प्रभावित छन् । ती देशमा मात्र एक लाख चार हजार पाँच सय ७९ मानिसको मृत्यु भएको छ ।

विश्वमा हाल अमेरिका, इटाली, फ्रान्स, स्पेन, बेलायत, चीन, बेल्जियम, इरानसमेतका मुलुकमा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म युरोपमा ११ लाख १९ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

कोरोना संक्रमणको महादेशीय स्थिति हेर्दा युरोपमा संक्रमणबाट निको हुने मानिसको संख्या तीन लाख २६ हजार दुई सय ४९ छ । उत्तर अमेरिकामा आठ लाख ५२ हजार तीन सय आठजना संक्रमित छन्, ८९ हजार एक सय ६३ जना निको भएका छन् भने ४५ हजार चार सय ७६ को मृत्यु भएको छ ।

त्यस्तै, एसिया महादेशमा तीन लाख ९८ हजार सात सय २९ जना संक्रमितमध्ये एक लाख ८७ हजार ३६ जना उपचारपछि निको भएका छन् भने १५ हजार एक सय ६६ जनाको मृत्यु भएको छ ।

दक्षिण अमेरिकामा ८६ हजार पाँच सय ९२ संक्रमित भएका छन्, जसमध्ये ३७ हजार नाै सय ४० जना निको भएका छन् भने चार हजार ८२ को मृत्यु भएको छ ।

अफ्रिका महादेशमा २४ हजार दुई सय नाैजना संक्रमित भएका छन् जसमध्ये ६ हजार चार सय ७१ जना निको भएका छन् भने एक हजार एक सय ६४ जनाको ज्यान गएको छ । अष्ट्रेलियामा आठ हजार एक सय १६ संक्रमितमध्ये पाँच हजार सात सय ३० जना निको भएका छन् र ८४ जनाको ज्यान गएको छ ।

यो संख्यासँगै विश्वभर २४ लाख ९० हजार चार सय २१ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । उपचारपछि निको हुनेको संख्या ६ लाख ५३ हजार दुई सय ३३ पुगेको छ र एक लाख ७० हजार पाँच सय ६६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस