भारतमा कोरोनाबाट ५ सय जतिले ज्यान गुमाए

बैशाख ०६, २०७७

छिमेकी देश भारतमा कोरोन भाइरसबाट संक्रमित हुनेको संख्या १४ हजार नाघेको छ। शुक्रबार एकैदिन ९ सय २२ जना संक्रमित थपिएको भारतीय अधिकारीहरुले जनाएका छन्।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ८६ पुगेको छ। शुक्रबार थप ३८ जनाको मृत्यु भएको थियो।

भारतमा सबैभन्दा बढी प्रभावित राज्य महाराष्ट्र बनेको छ। शुक्रबारसम्म त्यहाँ ३३ सय २० जना संक्रमित रहेका छन् भने २ सय १ जनाको मृत्यु भएको छ।


त्यस्तै दिल्लीमा १७ सय ७ जना संक्रमित रहेका छन् भने ४२ जनाको मृत्यु भएको छ।
तमिलनाडुमा १३२३ संक्रमित रहेकोमा १५ जनाको मृत्यु भइसकेको छ भने मध्यप्रदेशमा १३५१ संक्रमित रहेकोमा ६९ जनाको मृत्यु भइसकेको छ।

त्यस्तै नेपालसँग सीमाना जोडिएको उत्तर प्रदेशमा ८४९ जना संक्रमित छन् भने १४ जनाको मृत्यु भएको छ। बिहारमा ८५ जना संक्रमित छन् भने २ जनाको मृत्यु भएको छ।

त्यस्‍तै पश्चिम बंगालमा २५५ जना संक्रमित छन् भने १० जनाको मृत्यु भएको छ, उता उत्तराखण्डमा भने ४१ जना संक्रमित रहेका छन्।

प्रतिक्रिया दिनुहोस