तुलसीपुरको सबै वडामा पुग्यो राहत, ६ हजार वढि विपन्नको घरमा खाद्यान्न

खबरशाला संवाददाता

बैशाख ०१, २०७७  |  ८० पटक पढिएको

 

फुड वैकमा १३ हजार ९ सय ७३ किलो चामल, ८ सय ७५ किलो दाल, २ हजार ६ सय २० लिटर तेल, ५ हजार ७ सय ६० वटा साबुन, १ हजार ४ सय ५० किलो नुन र ७० क्यारेट अण्डा प्राप्त भएको थियो ।

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकाले यस क्षेत्रका विभिन्न ६ हजार वढि परिवारलाई राहत वितरण गरेको छ । विपद् व्यवस्थापन शाखाका अधिकृत भिमप्रकाश खत्रीका अनुसार १९ वटै वडामा ६ हजार १ सय ३७ परिवारलाई राहत वितरण गरिएको हो ।

उपमहानगरपालिकाले एकद्धार प्रणाली मार्फत सबै वडामा गरेर १ लाख १० हजार १ सय ९० किलो चामल, ४ हजार ६ किलो दाल, ३ हजार ३ सय ६४ लिटर तेल, ४ हजार ७ सय ७९ किलो नुन र ७ हजार ३ सय ७० वटा साबुन वितरण गरेको पनि शाखा अधिकृत खत्रीले जानकारी दिए । उनले सुत्केरी भएकाहरुलाई अण्डा समेत वितरण गरिएको जानकारी दिए ।

राहत वितरणमा सहयोग जुटाउनका लागि तुलसीपुरले राहत कोष र फुड वैक स्थापना गरेको थियो । सुचना अधिकारी बाबुराम न्यौपानेले जानकारी दिए अनुसार फुड बैकमा १३ हजार ९ सय ७३ किलो चामल, ८ सय ७५ किलो दाल, २ हजार ६ सय २० लिटर तेल, ५ हजार ७ सय ६० वटा साबुन, १ हजार ४ सय ५० किलो नुन र ७० क्यारेट अण्डा प्राप्त भएको थियो ।

त्यसैगरी राहत कोषमा अहिलेसम्म १० लाख ६० हजार ७१ रुपिया जम्मा भएको लेखा अधिकृत वासुदेव अधिकारीले जानकारी दिए । उनले विभिन्न सञ्चार माध्यममा पैसा सहयोग गर्ने भनेर प्रतिवद्धता आएपनि सबैको जम्मा हुन नसकेको पनि जानकारी दिए । उपमहानगरपालिकाले ५० लाखको कोष वनाएर आवश्यक खाद्यान्न लगायत खरिद गरेको हो ।

कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर सरकारले घोषणा गरेको लकडाउनका क्रममा विपन्न परिवारलाई खाद्यान्न पुर्याउनका लागि तुलसीपुरले राहत वितरण गरकोे थियो ।

कोरोना संक्रमणको प्रकोपलाई मध्यनजर गरेर सरकारले घोषणा गरेको लकडाउनका क्रममा विपन्न परिवारलाई खाद्यान्न पुर्याउनका लागि तुलसीपुरले राहत वितरण गरकोे थियो । उपमहानगरपालिकाले राहत वितरणलाई प्रभावकारी बनाउनका लागि टोल विकास संस्थाबाट नै विपन्न वर्गको नाम संकलन गरेर वडाको सर्वदलिय वैठकबाट राहत लिनेको नामलाई अन्तिम रुप दिएको प्रवक्ता श्याम डाँगीले वताए ।

“टोल विकास संस्थालाई विशेष थाहा हुने भएकाले हामीले उहाँहरुलाई नै जिम्मा दिएका हौं” विपद् व्यवस्थापन शाखाका संयोजक नवराज लामिछानेले वताए ।

कतिपय ठाउँमा आपतकालिन अवस्था आएमा फेरी पनि राहत वितरण गरिनेछ” समितिका संयोजक लामिछानेले वताए ।

उपमहानगरपालिकाले वितरण गरेको राहतमा वडा नम्वर १ मा १ सय ६२, वडा नम्वर २ मा ७०, वडा नम्वर ३ मा ५ सय ५०, वडा नम्वर ४ मा २ सय, वडा नम्वर ५ मा १ हजार ४ सय ८८, वडा नम्वर ६ मा १ हजार १ सय १८, वडा नम्वर ७ मा २ सय ५५, वडा नम्वर ८ मा ४ सय ९०, वडा नम्वर ९ मा ४ सय ७२ जना रहेका छन् ।

त्यसैगरी वडा नम्वर १० मा ३१, वडा नम्वर ११ मा १ सय, वडा नम्वर १२ मा ६६, वडा नम्वर १३ मा २ सय ३८, वडा नम्वर १४ मा १ सय, वडा नम्वर १५ मा १ सय ५०, वडा नम्व। १६ मा ५६, वडा नम्वर १७ मा २ सय २०, वडा नम्वर १८ मा २ सय र वडा नम्वर १९ मा १ सय ७१ जनालाई राहत वितरण गरिएको पनि सूचना अधिकारी न्यौपानेले जानकारी दिए ।

उनका अनुसार वडा नम्वर ३,५,६ र ९ मा वडाले पनि आफ्नै पहलमा राहत वितरण गरेको थियो । “कतिपय ठाउँमा आपतकालिन अवस्था आएमा फेरी पनि राहत वितरण गरिनेछ” समितिका संयोजक लामिछानेले वताए ।

प्रतिक्रिया दिनुहोस