यी हुन् ७७ सालका बिदा : दशैंमा ५, तिहारमा ३ दिन

चैत १८, २०७६

काठमाडौं । गृह मन्त्रालयले २०७७ सालमा दिइने सरकारी बिदाको दिन सार्वजनिक गरेको छ । २०७७ वैशाख १ गतेदेखि २०७७ साल चैत मसान्तसम्म एक वर्षभरिमा सबै सरकारी कार्यालयहरुको लागि सार्वजनिक, पर्व, सट्टा बिदा निर्धारण गरेको छ ।

सरकारले पर्व बिदामा नयाँ वर्ष, फागूपूर्णिमा, वैशाख पूर्णिमा, गौरा पर्व, ईद, छठ, क्रिसमस डे, उधौलीलगायतका पर्व बिदा दिएको छ ।

त्यसैगरी महिला कर्मचारीको लागि तीज बिदा दिएको छ । भदौ ५ गते शुक्रबार तीज बिदा दिएको छ भने जितिया पर्वमा पनि महिला कर्मचारीहरुको लागि बिदा दिएको छ ।

वसन्त पञ्चमीमा शिक्षण संस्थालाई बिदा दिएको छ ।

जात्रा बिदामा गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा, घोडेजात्रामा बिदा दिएको छ ।

त्यसैगरी दशैं बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म दिएको छ । तिहार बिदा कात्तिक २९ देखि मंसिर १ गतेसम्म दिएको छ ।

२०७७ सालको सार्वजनिक बिदा

 

प्रतिक्रिया दिनुहोस